सगरमाथाको प्रवेशद्वार, नेपालको स्वीट्जरल्याण्ड जस्ता उपनामहरुले राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा चर्चा हुने दोलखाको पर्यटकीय नगरी जिरी नेपालकै आर्कषक पर्यटकीय गन्तव्य मध्यमा पर्दछ । सर एडमन्ड हिलारी र तेन्जीङ नोर्गे शेर्पाले विश्वको सर्वौच्च शिखर सगरमाथाको पहिलो पटक सफल आरोहण गर्दा होस वा वरिष्ठ भौगर्भशास्त्रि टोनी हेगनले नेपालको चित्र कोर्दाको अवस्था होस, जिरीमा परेको उनिरहरुका पाईला र उनिहरुले गरेका जिरीको भौगोलिक वयानका कारण आजभन्दा करिव ६ दशक अगाडी देखि जिरीको नाम अन्तराष्ट्रिय क्षेत्रमा परिचित बनिसकेको थियो । त्यसपछिका दिनमा सगरमाथा चढ्न जाने क्रममा स्वीसले देखेर हुनसक्छ वा टोनी हेगनको नक्साले बोलेर हुन सक्छ, जिरी र ज्यूरिचकोे भौगोलिक भु–स्वरुप मिल्दोजुल्दो पाएपछि स्वीस सरकारले आजभन्दा करिव ३ दसक अगाडी जिरीमा विकास निर्माणको मुल फुटाई यस क्षेत्रको कायापलट गरिदिएको थियो त्यसपछि जिरीको पर्यटनमा व्यापारीक पर्यटनको अर्को आयाम थपिएको थियो । तात्कालीन राजा महाराजा तथा राष्ट्रपति, प्रधानमन्त्री, राजदुत लगायत राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रका उच्च ओहोदाका अधिकारीहरुको बारम्बारको भ्रमणले समेत यस क्षेत्रको पर्यटन विकासलाई उल्लेखनीय रुपमा सघाएको कुरालाई नर्कान सकिन्न । यिनै चर्चा परिचर्चाका कारण देशी विदेशीहरुको मानसपटलमा रहेको अमिट छापका जगमा आजसम्म पनि जिरीको पर्यटन टिकिरहेको छ ।
समय गतिशिल हुन्छ, परिस्थिति बदलिदै जान्छ । द्रुत गतिमा वढिरहेका विकासक्रमहरुसंगै संकुचित पर्यटनका परिभाषा तथा कृयाकलापहरु आज फराकिलो भएको छ । जिरीबाट अन्य गन्तव्यतर्फ सडक विस्तार तथा यस आसपासका अन्य क्षेत्र समेत व्यापारीक दृष्टीकोणले सक्षम भईसकेको अवस्थामा सगरमाथाको प्रवेशद्वार र नेपालको ज्यूरिच मात्र भनेर प्रचार गरी पर्यटक तान्ने पुरानो पर्यटन शैलीले अवको जिरीमा पर्यटन व्यवसाय चल्न सक्दैन । पर्यटनक्षेत्रमा जिरीले कमाएको मान, प्रतिष्ठा र ईज्यतलाई जोगाउन मुस्किल परिरहेको वर्तमान अवस्थामा यसको थप प्रर्वधनको लागि वहुआयामिक विकल्पहरु खोज्नु जरुरी भईसकेको छ । पर्यटकलाई खाने र बस्ने होटल व्यवसायमा मात्र सिमित रहेको जिरीको पर्यटन व्यवसायमा परिमार्जन गरि वृहत्तर क्षेत्रमा विस्तार गर्नुर्पछ जसले धेरै भन्दा धेरै स्थानीय वासीहरुले लाभ पाउन सकुन । यसै सन्दर्भमा जिरीमा कृषी पर्यटनको वारेमा यहाँ छोटकरीमा चर्चा गरिएको छ जुन जिरीको आगामी पर्यटन विकासको लागि कोशेढुङ्गा सावित हुन सक्दछ ।
पशुपालन, खेतिपाती जस्ता विविध कृषीजन्य कृयाकलापको माध्यामबाट पर्यटकलाई मनोरन्जन प्रदान गर्नु, उनिहरुलाई यस्ता कृयाकलापमा प्रत्यक्ष सहभागी गराउनु, तथा अध्ययन, अनुसन्धान र अवलोकन गराई शिप, क्षमता र ज्ञानको विकास गर्नु नै कृषी पर्यटनको मुलभुत शिद्धान्त हो । यस प्रकारको पर्यटनबाट श्रोत र साधनको अधिकतम प्रयोग हुनेहुदा समग्र आर्थिक सामाजिक उन्नती सम्भव भएकाले हाल विश्वमा निकै लोकप्रिय बन्दै गईरहेको छ । समुन्द्री तटमा पालिएका माछाहरु, ठुला ठुला फाँटमा रोपिएका धान गहँुहरु, फलफुल बगैचा आदि विश्वका लोकप्रीय कृषी पर्यटनका गन्तव्यहरु हुन । यसबाट पर्यटकले ताजा, स्वच्छ स्वाद मात्र हैन अलौकिक दृष्यपानको अनुभव पनि प्राप्त गर्नसक्छन् । जिरीमा पनि कृषि पर्यटनको अथाहा सम्भावना रहेको छ यो अवस्थाको सहि सदुपयोग गरि बैज्ञानिक ढंगले व्यावसायीक कृषी पर्यटनको सुभारम्भ गर्न सकियो जिरीको पर्यटनमा नयाँ आयाम मात्र हैन जिरीलाई हेर्ने पर्यटकीय दृष्टीको कोण समेत परिवर्तन गरिदिन सक्छ । प्रस्तुत लेखमा जिरीमा कृषीपर्यटनका सम्भावना बोकेका केहि क्षेत्रहरुलाई समेट्ने प्रयास गरिएको छ । यहाँ उल्लेख गरिएबाहेक पनि जिरीमा कृषी पर्यटनका अन्य सयौं विकल्पहरु हुनसक्छन् तिनिहरुको समेत खोजी, पहिचान र विकास हुनु जरुरी छ ।
१. हिल अर्थोडक्स चियाखेति ः
नेपालको करिव ७०% पहाडी क्षेत्र हिल अर्थोडक्स चिया उत्पादनको लागि उपयूत्र्त भनिएपनि करिव १८०० मि. देखि २३०० मि. उचाई सम्म राम्रो उत्पादन दिने गरेको छ । उत्पादित चिया मध्ये करिव ९०% प्रतिशत जर्मनी, लगायतका युरोप तथा अमेरीकामा निर्यात हुने गर्दछ जहाँ यसको मुल्य लगभग ८५ अमेरिकी डलर प्रति के.जी. पर्दछ । हिल अर्थोडक्स चियामा फ्लोरिन तत्वको मात्र वढी हुनेभएकाले यसको प्रयोगले दाँत र गिजा मजबुत वनाउने बैज्ञानीकहरुको भनाई छ । यो चियाको नियमित प्रयोगले स्मरणशक्ति वढाउनुको साथै प्रतिरक्षा प्रणाली समेत मजबुत बनाउने भनिएको छ । उच्च मुल्य र बहुउपयोगि गुण भएको हिल अर्थोडक्स चियाको जिरीमा व्यावसायीक उत्पादन गर्न सक्ने प्रचुर रहेको छ । चियालाई चाहिने तापक्रम, आद्रता, ओश, माटो आदि जिरीको भौगौलिक, जलावायु अनुरुप सुहाउने किसिमको रहेको छ । यसमा केहि कृषकहरुले सफलता समेत प्राप्त गरिसकेका छन् । जिरीका अधिकांस खाली जग्गामा मात्र हैन अन्य खेतिबाली राम्रो उत्पादन नहुने क्षेत्रहरुमा समेत यसको व्यावसायिक खेति गर्न सके विक्रिवितरणबाट प्रत्यक्ष फाईदा त हुन्छ नै मनमोहक चिया बगानको दृष्यपान गराई ईलाम र दार्जिलिङ्गको जस्तो पर्याप्त पर्यटक समेत भित्राउन सकिन्छ । कलङ, खरायोबन, सिक्री, सिजेल, कुने, रातमाटे, वोद्ले, ढुङ्गे, दुदुले, गोम्फालुङ, भण्डार, अस्तला, पात्ले, यार्सा, चेप्टे, वासा लगायतका स्थानहरुमा हिल अर्थोडक्स चियाको सफल खेति गर्न सकिन्छ ।
२. रेन्वो ट्राउट माछा पालन ः
प्रसान्त महासागरीय क्षेत्र तथा उत्तर अमेरीकामा पाईने यो माछालाई आजकाल विभिन्न देशमा आयात गरि उत्पादन सुरु गरिएको छ । नेपालमा यसको व्यावसायीक खेति रसुवा र नुवाकोट जिल्लामा सुरु भईसकेको छ । विदेशमा खाद्य र खेल दुवैमा प्रयोग गरिने रेन्बो ट्राउट माछामा उच्च प्रोटिनको मात्रा रहेको हुन्छ । यसको मासुमा पाईने हेपारिन भन्ने ईन्जाईमले घाउ चोट लाग्दा रगत बग्न नदिई जम्न मद्धत गर्दछ । ण्ड्ढऋ देखि ज्ञण्ड्ढऋ तापक्रम सम्म बाँच्न सक्ने यो माछाले ज्ञण्ड्ढऋ देखि द्दण्ड्ढऋ तापक्रममा अधिकतम उत्पादन दिने गर्दछ । करिव ७०० देखि ८०० रुपैयाँ प्रति के.जी. बजारभाउ रहेको रेन्बो ट्राउट माछाको उत्पादनको लागि करिव २०० देखि ३०० रुपैयाँ प्रति के.जी.खर्च लाग्ने कृषकहरुको भनाई छ । जिरीको शन्दर्भमा माछालाई चाहिने तापक्रम र यस भेगको तापक्रम उस्तै भएकोले राम्रो व्यावसायीक खेति गर्न सकिने सम्भावना रहेको छ । लगातर बगिरहने पानीको श्रोत भएको स्थानमा यस व्यावसायबाट राम्रो फाईदा कमाउन सकिन्छ भने पोखरीमा सुन्दर माछाहरु खेलिरहेको दृष्यले पर्यटकहरुलाई आर्कषण गरि जिरीको पर्यटन विकासमा टेवा पु¥याउन सकिन्छ । जिरी खोला तथा सिक्रि खोलाका किनारहरु रेन्बो ट्राउट माछा पालनको लागि उपयूक्र्त स्थानको रुपमा लिन सकिन्छ ।
३. चौरीपालन व्यावसाय ः
हिमालयका उच्च पहाडी भुभागहरुमा निकै सफल व्यावसायको रुपमा रहेको याक तथा चौरीपालन नेपालमा पनि करिव २५०० मिटर भन्दा माथि ५००० मिटर सम्म व्यावसायिक पालन गरिन्छ । याक तथा चौरीको दुधवाट उत्पादित चिज, घिउ, छुर्पीको राम्रो राष्ट्रिय अन्तराष्ट्रिय बजार हुनुका साथै यसको रौंबाट उत्पादित वस्तुहरु तथा सिङको पनि राम्रो पर्यटकीय महत्व रहेको छ । जिरीको गैरी, गुराँसे, हनुमन्ते, ठुलोनागी, ग्वाथे, रेक्चेन, काप्ती, क्याङसे, लगायत च्योर्दोङ आसपासको क्षेत्रलाई चौरी पकेट क्षेत्र निर्धारण गरि यो व्यावसाय व्यवस्थित रुपमा सन्चालन गरिएमा चौरीगाईबाट हुने फाईदा त छदै छ, छरिएर चरिरहेका चौरीसंग प्रत्यक्ष साक्षात्कार गर्ने पर्यटकको अभिलासा समेत पुरा हुन्छ भने यस क्षेत्रको अन्य प्राकृतिक तथा धार्मिक पर्यटकीय गन्तव्यहरुको समेत प्रचार प्रसारमा सहयोग पुग्छ ।
४. सिताके च्याउ खेति ः
च्याउ खेतिमा एसियामा सवैभन्दा वढि तथा विश्वको दोश्रो स्थानमा पर्ने सिताके च्याउको खेति जापानमा सवैभन्दा वढि गरिन्छ । यस च्याउको लागि ज्ञछड्ढऋ तापक्रम उपयूक्र्त हुन्छ भने सल्ला प्रजातीका रुखका मुढाहरु जस्तै रानी सल्ला, ठिङ्ग्रे सल्ला, धुपी सल्ला आदि राम्रो मानिन्छ । २५ देखि ५० डलर प्रति के.जी अन्तराष्ट्रिय बजार मुल्य रहेको यो च्याउले एक वर्षमा दुई पटक सम्म उत्पादन दिन सक्छ । यस च्याउको प्रयोगबाट हेपाटाईटिस, क्यान्सर जस्ता रोगहरुको संक्रमनबाट मानिसलाई जोगाउने तथ्य फेला परेको छ भने यसमा रहेको एक प्रकारको प्रोटिनले भाईरस तथा टयूमरको वृद्धिलाई रोक्ने बतार्ईएको छ । साथै यो च्याउको प्रयोगबाट सरिरमा कोलेस्ट्रोलको मात्र घट्ने हुनाले यो मुटु सम्बन्धि समस्या भएकाहरुका लागि समेत राम्रो मानिन्छ । यस्तो बहुउपयोगि सिताके च्याउको जिरीमा पनि राम्रो व्यावसायिक खेति गर्न सकिन्छ । यो च्याउको लागि चाहिने तापक्रम, आद्रता मात्र हैन यसलाई रोप्न आवश्यक रुखका मुढाहरु समेत प्रसस्त छन् । सामुदायिक बनमा ढलेर कुहिरहेका ठिङ्ग्रेका मुढाहरुको सदुपयोग गरी सिताके च्याउको औधोगिक उत्पादन गर्न सकिएमा देश विदेशमा निर्यात गर्न सकिन्छ भने पर्यटकहरुका लागि नेपालकै पहिलो सिताके च्याउको प्रदशनी साईटको रुपमा जिरीलाई विकास गर्न सकिन्छ ।
५. अर्गेली तथा लोक्ता खेति ः
अन्तराष्ट्रिय बजारमा विशेष गरि जापानमा अत्याधिक माग भईरहेको अर्गेली र लोक्ताबाट उत्पादित नेपाली कागज तथा तथा त्यसबाट बनेका अन्य सामाग्रीहरुको निकै राम्रो मुल्य रहेको छ । जिरीको उपयूक्र्त वातावरणका कारण यहाँका जंगलहरुमा आफ्से आफ हुर्किरहेका छन् । तथापी यसको व्यावसायीक रुपमै उत्पादन गर्न सकेमा अझ वढि लाभ जिरीले लिन सक्नेमा दुईमत छैन । यहि सत्यलाई मध्यनजर गरि दोलखा उद्योग वाणिज्य संघले समेत जिरीलाई लोक्ता पकेट क्षेत्र घोषणा गरि लोक्ता संरक्षण कार्यक्रम अगाडि वढाईरहेको छ । यहाँको सामुदायिक तथा निजि बनक्षेत्र तथा बाँजो जमिनहरुमा अर्गेली तथा लोक्ता रोपन गरिएमा आर्थिक, सामाजिक, पर्यावरणीय तथा पर्यटकीय दृष्टिकोणले समेत फलदायी हुने देखिन्छ । बनैभरी फुल्ने लोक्ता तथा अर्गेलीका रंगीविरंगी फुलहरुले पर्यटकहरुलाई समेत राम्रै आकर्षण गर्न सक्दछ ।

माथि उल्लेखित क्षेत्रहरु त केहि उदाहरण मात्र हुन । यस्ता कृषीपर्यटनका सम्भावना बोकेका क्षेत्रहरु अरु पनि धेरै छन् जस्तै व्यावसायीक आलु खेति, अर्गानिक तरकारी खेति, फलफुल खेति आदि । रासायनिक मल तथा किटनासक औषधीको प्रयोग गरि कुनै अन्नमात्र उत्पादन गरियो भने मात्र पनि त्यसको महत्व छुट्टै हुन्छ । यहाँको उत्पादनले अर्गानिक ब्राण्ड पाउन सक्छन् र कुनै दिन जिरीलाई अर्गानिक भिलेजको उपनामले नचिनिएला भन्न सकिन्न । कृषी पर्यटनको माध्यामबाट जिरीमा फेरी पनि लाखौं पर्यटक भित्राउन हामि सफल हुनेछौं जसले जिरीको पर्यटन विकासमा नयाँ छलाङ मार्नेछ ।