Sunday, September 24, 2017

ARTIFICIAL LAKE WILL BE CONSTRUCTED IN JIRI

ज्युरिचमा जस्तै जिरीमा पनि ताल निर्माण गरिने

 स्वीटजर्ल्याण्डको ज्युरिच सहरको उपमाले चिनिने सुन्दर पर्यटकिय नगरि जिरी उपत्यकाको दिगो पर्यटन विकासको लागि कृतिम ताल निमार्ण गर्ने महत्वकाँछी योजना जिरी नगरपालिकाले अघि बढाएको छ । गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचन पश्चात जनप्रतिनिधिको बहाली भएसंगै हालसम्म भएगरेका काम कारबाहीहरुको जानकारी दिने उदेश्यले नगरपालिका कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रमा नगर प्रमुख टंक जिरेलले उक्त योजनाको बारेमा जानकारी गराएका हुन । जिरी उपत्यकाको दक्षिणी समथर भुभागमा जिरीखोलाको पानिलाई थुनेर बनाईने उक्त ताल करिव डेढ किलोमिटर लम्बाई र औषत सय मिटर चौडा रहने बताईएको छ जसको आउटलेटबाट करिव एक मेघावाटको जलविद्युत निकाल्न सकिने प्रारम्भिक अनुमान गरिएको छ । प्रस्तावित जिरी तालमा डुङ्गा सयर गर्नको साथै मत्स्यपालन गर्ने लक्ष्य नगरपालिकाले लिएको छ । उक्त ताल निर्माण पश्चात जिरी नगरपालिकाको पर्यटन क्षेत्रमा उल्लेख्यीय सुधार हुनुको साथसाथै, जनताको आर्थिक तथा सामाजिक विकासमा समेत ढुलो टेवा पुग्ने नगरप्रमुखको दावी छ ।
करिव ६० करोड लागतमा निर्माण गर्नसकिने अनुमान रहेको प्रस्तावित जिरी तालको बृस्तिृत परियोजना प्रतिबेदन म्एच् निर्माणको लागि नगर विकास कोषले सहयोग गर्ने भएको छ । निजी सरकारी साझेदारी एएए मोडलमा निर्माण गर्न लागिएको जिरी तालमा विभिन्न व्यक्ति संघसंस्था तथा सरकारी गैरसरकारी निकायहरुले समेत चासो व्यक्त गरिरहेको नगरपालिकाले बताएको छ । पानिको बहाव कम हुने हिउँदको सयममा समेत तालको पानिबाट नियमित विद्युत उत्पादन गर्न सकिने मात्र नभई ताल भन्दा तल रहेका जिरी खोला, खिम्ती २ लगायतका जलविद्युत आयोजना समेतको विद्युत उत्पादन क्षमतामा बृद्धि हुने भएकाले सहकार्यका लागि उनिहरुसंग छलफल भईरहेको नगरप्रमुखले बताएका छन ।

ज्युरिच देखि छान्दु सम्म

भौगर्भिक विद टोनी हेगन लगायत अन्य स्वीस अधिकारीहरु जिरी हुदै सगरमाथा जाने क्रममा जिरी उपत्यकाको भौगोलिक अवस्थिति स्वीट्जरल्याडको ज्युरिच सहरसंग मिल्दोजुल्दो देखेपछि स्वीस सरकारले जिरीको विकासमा ठुुलो लगानी गर्यो । विषेस गरि शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनको क्षेत्रमा कायापलट गरिदिएको स्वीसहरुसंग त्यतिबेला देखिनै जिरीबासीको घनिष्ठ सम्वन्ध रहन गयो । स्वीस राष्ट्रपति देखि मन्त्रि हुदै विभिन्न उच्च पदाधिकारीहरुको लगातारको जिरी भ्रमणले स्वीट्जर्ल्याण्ड र जिरी विचको सम्वन्ध प्रघाढ बनाउन साहयक सिद्ध रह्यो । अनौपचारिक तर रुपमा स्थापित सम्वन्धलाई हाल आएर नगरपालिकाले औपचारिक रुपमा नै ज्युरिच र जिरी विच भगिनी सम्वन्ध स्थापना गराउन लागि परिरहेको बताएको छ । यसै क्रममा स्वीस राजदुतलाई जिरी नगरपालिकामा औपचारिक निम्तो समेत दिईसकेको नगरप्रमुखले बताएका छन ।
उनका भनाई अनुसार स्वीस संग मात्र हैन अव जिरी नगरपालिकाले चिनको स्वसासित क्षेत्र तिव्वतको छान्दु सहरसंग पनि चाडैनै भगिनी सम्वन्ध स्थापना हुने बताएका छन् । विशेस गरि चिनको तिव्र अर्थिक वृद्धिदरलाई मध्यनजर गर्दै व्यापार व्यवसायलाई सहज बनाउन उक्त सम्वन्ध विस्तार गर्न लागिएको उनले बताए । आगामी कार्तिक मंसिर भित्रमा सम्वन्ध स्थापीत भईसक्ने समेत उनको दावी रहेको छ । दुई फरक देशका सहरहरु विच सम्वन्ध विस्तार गर्दा समस्या पर्न सक्दैन भन्ने प्रश्नमा, नेपालका अन्य थुप्रै सहरहरुले विदेशका एक भन्दा धेरै सहरहरुसंग संग भगिनी सम्वन्ध स्थापीत गरिरहेको साथै चिनियाँहरुले समेत स्वीसहरुलाई मनपराउने हुँदा कुनै समस्या नआउने उनको तर्क रहेको छ ।   
 

No comments:

Post a Comment