Thursday, November 13, 2014


दोलखाको जिरीवाट अन्तराष्ट्रिय स्तरको एभरेष्ट म्याराथन ट्रायल रेस सुरु

दोलखाको पर्यटकिय नगरी जिरीवाट आजदेखि अन्तराष्ट्रिय स्तरको एभरेष्ट ट्रायल रेस म्याराथन दौड प्रतियोगिता सुरु भएको छ । 
१९ सय ५३ मिटरको उचाईमा रहेको जिरीवाट विहान ९ सुरु भएको म्याराथन दौड प्रतियोगिताको संविधानसभाका सदस्य पशुपति चौलागाईले उद्घाटन गर्नुभयो । प्रतियोगिताको उद्घाटन गर्दै सभाषद चौलागाईले साहसिक खेलको माध्यमवाट जिरी देखि सगरमाथासम्मको पर्यटन रुटलाई जिवन्त राख्न सकिनेवताउनुभयो । यस्ता खेलकुद प्रतियोगिताले पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने उहाँले वताउनुभयो । जिरीवाट सुरु भएको दौड आज वेलुकी रामेछापको बाम्ति भण्डार पुग्नेछ । सोलुखुम्बुको पिके, नाम्चे र तेङ्गबोचे हुदैँ लुक्लामा पुगेर मँसिर २ गते दौड टुङ्गिने छ । ५० जना विदेशी र ३ जना नेपाली सहित ५३ जना सहभागि टोलीमा २७ जना धावकहरुले म्याराथन दौडमा प्रतिश्पर्धा गर्ने छन् । त्यसमध्ये ३ जना नेपाली धावकहरु रहेका छन् । प्रतियोगितामा मलेसियामा भएको वल्र्ड ट्रायल रेसमा दोस्रो भएका रामेछापको वाम्तीभण्टार घर भई नेपाली सेनामा कार्यरत ३२ वर्षिय जमदार समिर तामाङ, एभरेष्ट ट्रायल रेस २०११ का च्याम्पियन सोलुखुम्बु सल्लेरी ३ का ३१ वर्षिय फुदोर्जि शेर्पा र सोलुखुम्बु टाक्सिन्दुकी २७ वर्षिय याङ्डि शेर्पाको सहभागिता रहेको छ । नेपालका तर्फवाट सहभागी भएका ३ जना मध्ये फुर्दाेजी सन् २०१२ मा भएको एभरेष्ट टायल रेसको च्याम्पियन हुन् । 

प्रतियोगितामा पोर्चुगल, स्पेन, ब्रिटिस, अष्ट्रेलिया, मेक्सिको, टर्कि र तीन जना नेपाली धावकहरुको सहभागिता रहेको छ । आयोजक अन्नपूर्ण टे«क्स एण्ड एक्सपिडिसनका प्रवन्ध निर्देशक कामी शेर्पाले पहिलो पटक सगरमाथा आरोहण गर्ने तेन्जिङ नोर्गे र एडमण्ड हिलारीले प्रयोग गरेको रुट हुँदै धावकहरु प्रतियोगिताको अन्तिम विन्दुसम्म पुग्ने वताउनुभयो । 


प्रतियोगितामा पुरुष र महिला धावकहरुको छुट्टा–छुट्टै मुल्याङ्कन हुने छ । प्रतियोगिताको विजेताले नगद १ लाख ८० हजार, उपविजेताले १ लाख २० हजार र तृर्तिय हुनेले ७० हजार नगद तथा ट्रफि पाउने छन् । पर्यटनको दिगो विकास
तथा संरक्षण र प्रवद्र्धनमा टेवा पु¥याउने भन्दै सन् २०११ देखि अन्नपुर्ण टे«क्स एण्ड एक्सपिडिसन प्रालिले पर्यटकीय नगरी जिरीवाट म्याराथन दौड प्रतियोगिताको आयोजना गर्दै आएको छ ।








Text Copied from दीपशंक चोलागाई Facebook wall
                                                                                     Photo By : Nara Bahadur Jirel

No comments:

Post a Comment