Monday, January 28, 2019

CHIEF MINISTER JIRI VISIT, ARTIFICIAL LAKE GOT PRIORITY

मुख्यमन्त्रीको दुई दिने जिरी भ्रमणको मुख्य मुख्य कार्यक्रमहरु । के के भयो उपलव्धी ?

दोलखा जिल्लालाई मुलुक कै चौथो पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिने अभिव्यक्ति दिएको केहि दिन पश्चात नै प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणी पौडेल दोलखामा पर्यटन विकासको सम्भाव्यता अध्ययनको लागि टोलि सहित स्थलगत भ्रमणमा निस्कनुभएको छ । विगत पाँच दिन देखि लगातार दोलखामा नै रहनुभएका मुख्यमन्त्री संग आर्थिक मामिला मन्त्री कैलाश ढुङ्गेल, सहित आधा दर्जन प्रदेश तथा संघीय सांसदहरुको टोलिले सम्भाव्यता अध्ययन गरिरहेको छ । टोलीले जिरीमा मात्र दुई दिन विताएको छ । जिरीमा भएको दुई दिने भ्रमणका क्रममा भएका कार्यक्रम उपलव्धीहरु तल संक्षेपमा प्रस्तुत गरिएको छ । 
१. प्रस्तावित जिरी तालको भ्रमण ।
भौगोलिक अवस्थितिका आधारमा स्वीट्जर्ल्याण्डको ज्युरिच सहर संग तुलना गरिने दोलखाको सुन्दर पर्यटकीय नगरी जिरीमा कृतिम ताल बन्ने पक्का भएको छ । प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणी पौडेल सहितको टोलिले हिजो प्रस्तावित ताल निर्माण क्षेत्रको प्रत्यक्ष अवलोकन भ्रम्रण पश्चात उक्त परियोजनालाई तत्काल अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । जिरी नगरपालिका लगायत दोलखा एवं छिमेकी जिल्ला रामेछापको समेत पर्यटन प्रर्वधनमा यसले महत्वपूर्ण योगदान पुर्याउने उहाँको भनाई छ । जिरी उपत्यकाको दक्षिणी समथर भुभागमा जिरीखोलाको पानिलाई थुनेर बनाईने उक्त ताल करिब डेढ किलोमिटर लामो र औषत सय मिटर चौडाईको हुनेछ जसको आउटलेटबाट करिव एक मेगावाटको जलविद्युत निकाल्ने प्रारम्भिक अनुमान गरिएको छ । प्रस्ताववित जिरी तालमा विभिन्न प्रकारका डुङ्गा संचालन गर्ने तथा माछापालन गर्ने लक्ष्य राखिएको छ । करिव ६० करोड लागतमा निर्माण गर्न सकिने अनुमान रहेको जिरी तालको वृस्तिृत परियोजना प्रतिबेदन निर्माणको लागि नगर विकास कोषले सहयोग गर्ने भएको छ । डिपिआर तयारीको लागि मात्र करिव एक करोड भन्दा माथि लाग्न सक्ने जिरी नगरपालिकाका नगरप्रमुख टंक बहादुर जिरेल ले बताउनुभएको छ । निजी, सरकारी साझेदारी (पिपिपि) मोडलमा निर्माण गर्न लागिएको जिरी तालको डिपिआर निर्माणको लागि अबको केहि दिनभित्र नै आशयपत्र आव्हान गरिने नगरप्रमुख जिरेलले बताउनु भएको छ । प्रस्तावित जिरी ताल निर्माण पश्चात जिरी नगरपालिकाको पर्यटन क्षेत्रमा उल्लेखनीय सुधार हुनुको साथै जनताको आर्थिक तथा सामाजिक विकासमा समेत ठुलो टेवा पुग्ने विश्वास स्थानीयको छ । उक्त प्रस्तावित तालक्षेत्रमा कुनैपनि भौतिक संरचना निर्माण नर्गन नगरपालिका कार्यलयले सुचना समेत जारी गरिसकेको छ ।
२. सहिद स्मृति आवसिय माविको अवलोकन
मुख्यमन्त्री सहितको टोलील जिरी नगरपालिका वडा नं. ६ स्थित श्री सहिद स्मृति आवाशिय माध्यामिक विद्यालयको अवलोकन भ्रमण गर्नुभएको छ । विद्यालय परिसरमा आयोजित छोटो कार्यक्रममा बोल्दै मुख्यमन्त्रीले यस्तो विशेष प्रकारका विद्यालयलाई संचालनको पुर्ण जिम्मेवारी सरकारले लिने र सोहि अनुरुप व्यवस्थापन गर्ने बताउनुभएको छ । हाल यस्ता प्रकृतिको विद्यालयको व्यवस्थापन संघमा जाने वा प्रदेशमा रहने स्पष्ट नभएको कारण केहि अन्यौलता रहेको समेत उहाँले बताउनु भयो । नेपालको शिक्षा पद्धति प्राविधिक धार तर्फ लक्षित हुनुपर्ने भन्दै उहाँले तत्काल नगरपालिकाकासंग समन्वय गरि प्राविधिका शिक्षाको लागि पहल गर्न समेत आग्रह गर्नुभएको छ । साथै विद्यालयको भुकम्पको कारण जिर्ण र असुरक्षित रहेको २ वटा कक्षाकोठा भवनको रेट्रोफिटिङको लागि आगामी आर्थिक वर्षमा बजेट विनियोजन गर्ने बताउनुभएको छ । वि.सं. २०६६ सालमा स्थापित यस विद्यालयमा तात्कालिन मध्यामञ्चल विकासक्षेत्रका सबै र पुर्वाञ्चल विकासक्षेत्रको सोलु र ओखलढुङ्गा गरि २१ जिल्लाका १० वर्षे जनयुद्ध, जनआन्दोलनका सहिद, बेपत्ता तथा घाईते परिवार, अति सिमान्तकृत, लोपोन्मुख, २०७२ सालको भुकम्पमा आमाबाबु गुमाएका तथा अति विपन्न दलित गरि जम्मा २५० जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।   
३. जिरी नगरपालिकाको तेश्रो नगरसभालाई विशेष सम्बोधन 
जिरी नगरपालिकाको तेश्रो नगरसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेल ले दिगो विकासका लागि साना साना योजनाहरुमा पैशा छर्नुभन्दा दिर्घकालिन प्रभावपार्ने राम्रा योजनाहरु छनौट गर्नसक्नुपर्ने बताउनुभएको छ । विबासका लागि सरकारको मात्र मुख ताक्ने प्रवृत्तिको अन्त्य गरि सक्ने ठाँउबाट सबैले लगातार योगदान दिईरहनुपर्ने बताउनुभयो । जिरीको प्राकृतिक तथा सास्कृतिक दुबैबाट आफु निकै प्रभावित भएको बताउँदै जिरी नगरपालिकाले अघि सारेको महत्वपूर्ण परियोजनाहरु जिरी ताल, हनुमन्तेमा विश्वकै सबैभन्दा अग्लो हनुमानको मुर्ति स्थापना र पटासेमा दक्षिण एसिया कै सबैभन्दा अग्लो गुरु पद्यमसंभवको मुर्ति दुरगामी र जिरीको पर्यटनक्षेत्रमा निकै प्रभावपार्ने बताउनुभयो । जिरी ताल निर्माण र हनुमानको मुर्तिको लागि प्रदेश सरकारले बजेट समेत विनियोजन गरेको छ भने गुरु पद्यमसंभवको मुर्ति निमार्णको लागि दातृनिकाय र जिरी नगरपालिका विच समझदारी भईसकेको छ । प्रदेश सरकारको कार्यक्रम अन्तरगत जिरीमा रंगशाला निर्माणको लागि भने प्रस्तावित ईलाका बन कार्यालयको नजिकै बन कार्यालयको स्वामित्वमा रहेको जग्गा हालसम्म नगरपालिकाले प्राप्त गर्न सकेको छैन । मन्त्रिपरिषद स्तरीय निर्णय गर्नुपर्ने भएकोले केहि कठिनाई भईरहेको नगरप्रमुखले बताउनुभएको छ । यो आर्थिक वर्षसम्म निर्माण कार्य सुरु नगरिए उक्त बजेट फ्रिज जाने छ ।
४. पर्यटक सुचना बोर्डको उद्घाटन
युवा संजाल जिरीले जिरी नगरपालिका र युएनडिपि को सहयोगमा निर्मित सुचना बोर्डको जिरी बजारमा उद्घाटन गर्नुभयो । पर्यटकहरुलाई जिरीको पर्यटकीय गन्तव्यहरुको बारेमा जानाकारी दिने उदेश्यले स्थापित ८ ओटा काठको आकर्षक सुचना बोर्ड र १५ ओटा फलामको साईनपोष्ट मध्ये बजारस्थित एउटाको उद्घाटनको क्रममा बोल्दै मुख्यमन्त्रीले यो सानो कुरा भएतापनि पर्यटकको लागि निकै महत्वपुर्ण रहेको बताउनुभयो । जिरी आउने पर्यटकहरु यहाँको पर्यटकीय स्थलहरुको बारेमा पर्याप्त जानकारी नपाएर अल्मलीहरुको अवस्थामा यो निकै उपलव्धिमुलक हुने जिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रपानी सर्माले बताउनुभयो । स्वीट्जर्ल्याण्डमा यस्तो प्रकारको मोडल निकै प्रख्यात रहेकोले त्यसैको अनुकरण गरिएको उहाँले बताउनुभयो । जिरी नगरपालिकामा आउने पर्यटकहरुलाई आवश्यक जानकारी दिने उदेश्यले विगत २ वर्षदेखि युवा संजाल जिरीले जिरी बजारमा पर्यटक सुचना केन्द्र संचालन गरिरहेको छ । 
५. मुख्यमन्त्री जिरी नगरपालिका वडा नं. ४ को वडा कार्यलयको भवनको सिलान्यस गर्नुभएको छ । उक्त कार्यक्रममा बोल्दै उहाँले स्थानीय सरकारले जनताको पक्षमा कामगर्नुपर्ने बताउदै वडा कार्यालयको निर्माण पश्चात कार्यालयले प्रवाह गर्ने सेवा सुविधाहरु चुस्त र प्रभावकारी हुने विश्वास समेत व्यक्त गर्नुभएको छ । 
६. नगर उद्योग बाणिज्य संघ जिरीले गरेको स्वागत कार्यक्रममा बोल्दै मुख्यमन्त्रीले पर्यटन विकासको लागि उद्योग तथा वाणिज्यक्षेत्रले ठुलो भुमिका खेल्न सक्ने बताउनु भएको छ । पर्यटकहरुको बसाईलाई लम्बाउन तथा व्यवस्थित बनाउन होटल व्यवसायिहरु समेत सक्रिय र जिम्मेवार हुनुपर्ने बताउनुभयो । नगर उद्योग बाणिज्य संघको अगुवाईमा गठित क्षेत्रिय होटल व्यवसायी संघले जिरी आउने आन्तरिक तथा वाह्य पर्यटकहरुलाई बस्न तथा खानाको लागि आगामी तिन महिनासम्म पचास प्रतिशत छुट दिने निर्णय यस अघि नै गरिसकेको छ ।
७. जिरी नगरपालिका ६ स्थित बुद्धपार्कको भ्रमण गरि त्यहाँ स्थित ध्यान केन्द्रमा ५ मिनेट विपश्यना ध्यान गर्नुभएको थियो । पुर्व सांसद तथा समाजसेवी ईन्द्र बहादुर खड्काले बौद्ध दर्शनको महत्वको बारेमा उपस्थितहरुलाई ब्रिफिङ गर्नुभएको थियो । नगरपालिकाको पहलमा हाल बुद्धपार्कक्षेत्रको डिपिआर समेत तयार भईरहेको छ भने साक्यमुनी बुद्धको प्रतिमा प्रतिस्थापन गरि सकिएको छ ।          

No comments:

Post a Comment