ग्लोबल वार्मिंग ः वास्तविकता कम हल्ला वढी
केन्द्रज्योति खड्का
IPCC लगायत यसका पक्षधरहरुले मानव सृजित हरितगृह ग्याँसका कारण उतपन्न पृथ्वीको कहालीलाग्दो भविष्यको वर्णन गरिरहदा अर्काथरी बैज्ञानिकहरुका ठुलै जमात भने यसको विरुद्धमा छन् । उनिहरुका अनुसार पृथ्वी तातेको हैन चिसिरहेको छ अर्थात ग्लोबल वार्मिङ्ग हैन ग्लोबल कुलिङ्ग भईरहेको छ । उनिहरुले भनेका छन् शदाव्दीकै सर्वाधिक गर्मी वर्ष सन १९९८ पश्चात पृथ्वीको औषततापक्रम –०.१२ डि.से. प्रति सेन्चुरीको दरले घटिरहेको छ जुन दर सन १९९८ भन्दा अगाडि +१.०८डि. से.प्रति सेन्चुरीले वढिहरेको थियो ।
वास्तविकता के हो त ?
ग्लोवल वार्मिङ्ग तथा जलवायु परिवर्तनका पक्ष र विपक्षमा वादविवाद चलिरहदाँ यसका केहि तथ्यगत बैज्ञानिक प्रसंगहरुमाथि छलफल गर्नु उचित हुनेछ । सुर्यबाट पृथ्वी सम्म आईपुग्ने जम्मा सौर्य विकिरण (Solar Irradiance) ले पृथ्वीको तापक्रम निर्धारण गर्दछ । सुर्यको सतहमा हुने तापक्रम परिवर्तन तथा सुर्य र पृथ्वीविचको दुरी तथा अवस्था (Alignment) मा हुने परिवर्तनका कारण पृथ्वीमा आईपुग्ने सौय तापमा फरक पर्दा तापक्रम फरक पर्दछ । यस्तो अवस्थाले कहिलेकाँही प्राकृतिक जलवायु प्रभाव (Natural Climatic Phenomenon) उत्पन्न गर्दछ जसले पनि पृथ्वीको तापक्रम परिवर्तनमा सहयोग गर्दछ । जस्तै सन १९९८ मा भुमध्यरेखियप्रशान्त क्षेत्रमा आएको ENSO (El– Nino South Ocean, El Nino भन्नाले समुन्द्रको फेदबाद सतहमा आउने चिसो पानिको वहावलाई बुझिन्छ) पश्चात तापक्रम घट्न थाल्नुले प्राकृतिक जलवायु प्रभावको तथ्यलाई पुष्टि गर्दछ । अर्को कुरा अहिले पनि वायुमण्डलमा हरित गृह ग्याँस मानिएका कार्वनडाईअक्साईड लगायत अन्य ग्याँसहरु उत्सर्जन वढ्दो छ । अहिले सम्म करिव १ ट्रिलियन टन भन्दा वढि कार्वनडाईअक्साईड वायुमण्डलमा पुगिसकेको छ । सन २०१२ सम्ममा वायुमण्डलमा कार्वन डाईअक्साईडको मात्रा ३९० PPM (Parts Per Million) रहेको छ । यति हुदाँहुदै पनि यसरी अनेपेक्षित रुपमा तापक्रम घट्नुले IPCC को जलवायु मोडललाई मात्र गलत सावित गरिदिएको छैन बल्की कार्वनडाईअक्साईड लगायत अन्य ग्याँसहरु हरितगृह प्रभावका लागि जिम्मेवार छन् कि छैनन् भन्ने प्रश्न समेत उव्जाएको छ ।
तापक्रम परिवर्तनको कुरा गर्दा विश्वको सवै ठाँउमा तामक्रम घटिरहेको भने अवश्य होईन । औषतमा हेर्दा घटेको देखिए पनि उत्तरी ध्रुव र दक्षिणी ध्रुवमा यो फरक छ । उत्तरी ध्रुव र दक्षिणी धुर्बमा तापक्रमको सिजनल फरक धेरै छ। ध्रुविय क्षेत्रमामात्र हैन महादेश, देश र एउटै देशको पनि विभिन्न भौगोलिक क्षेत्रमा तापक्रम परिवर्तनमा एकरुपता छैन । नेपालको सन्दर्भमा संखुवासभा, डोटि, नुवाकोट लगायत तराईका अधिकांश तापमापन केन्द्रहरुले तापक्रम घटिरहेको तथ्याङ्ग देखाईरहेका छन् भने केहिले वढिरेहको देखाएका छन् । तापक्रम वढ्ने र घट्ने मात्र होईन परिर्वतनको दर पनि फरक छ । कुनै स्थानमा तापक्रम वढ्ने वा घट्ने दर निकै अधिक रहेको पाईन्छ भने कुनै स्थानमा यो दर सामान्य छ । कहि कहि तापक्रम परिवर्तन नभएको पनि पाईन्छ। यहाँनिर एउटा गम्भिर प्रश्न के उब्जिन्छ भने यदि ग्लोबल वार्मिङ्गको दोष कार्वनडाईअक्साईडलाई नै दिने हो भने तापक्रममा क्षेत्रिय असन्तुलन किन भयो ?
- सन२०१२ मा अष्ट्रेलियामा गृष्मकालिन ऋतु विगत ५० वर्षकै सवैभन्दा चिसो रह्यो ।
- सन २०१२ मा फिनल्याण्डमा गृष्म कालिन हिमपात भयो ।
- सन २०११ मा टर्कीमा हिमपात भयो ।
- सन २०१२ मा दक्षिणी ध्रुवमा अहिलेसम्मकै सवैभन्दा कम तापक्रम मापन गरियो ।
- अमेरिका र क्यानाडामा जुन, जुलाईमा स्की खेलको आयोजना गरियो ।
यि माथिका केहि प्रतिनिधि घटना हुन जसले पृथ्वी चिसिरहेको छ भन्ने पुष्टि गरिरहेका छन् ।हिमालयमा वा अमेरीका, युरोपको कुनै ठाँउमा तापक्रम बढिरहेको बेलाअन्य स्थानमा घटिरहेको हुन सक्छ । यसलाई औषतमा राखेर हेर्नु पनित्यति सान्दर्भिक हुदैन । औषतमा हेर्नु, व्याख्या विश्लेष्ण तथा प्रचार गर्नु भनेको एउटा खुट्टा उम्लिरहेको पानिमा र अर्को खुट्टा जम्न लागेको पानिमा राखेर म मनतातो पानिमा छु भन्नु जस्तै हो ।एकातर्फ वार्मिङ्ग र अर्को तर्फ कुलिङको कारण आएको जलवायु विषमतातर्फ भने ग्लोवल वार्मिङका सर्मथकहरुको ध्यान गएको देखिदैन ।
हल्ला पछाडिको कारण ः
सन १९७० को दसकमा युरोपमाभएको हरित क्रान्तिको (औधोगीक क्रान्ति) क्रममा कृषी उत्पादनले छलाङ मा¥यो । ठुला ठुलाउद्योग धन्दा, कलकारखानाहरुको स्थापना भयो जसले उत्पादकत्व मात्र बढाएन युरोपलाई सम्पन्न तथा विकसित महादेशको रुपमा परिणत ग¥यो । यसै समयमा ईतिहास कै सवैभन्दा वढि कार्वन उत्र्सजन भयो । विश्वका विकाससिल अन्य देशहरुले आन्तरिक तथा वाह्य कारण यो अभियानलाई पछ्याउन सकेनन र आर्थिक सामाजिक रुपमा पछाडी परे । हिजो तिनै युरोपेलि देश लगायत अमेरीका जसले आर्थिक क्रान्तिका नाममा कयैन हानिकारक ग्याँसहरु उत्सर्जन गरे आज तिनै मुलुकहरु कार्वन कटौतिका कुरा गरिरहेका छन् । कार्वनडाईअक्साईडले पृथ्वीको तापक्रम गुणात्मक रुपमा वढाई प्रलय ल्याउँछ भन्ने कुरा केवल उनिहरुको प्रोपोगाण्ड मात्र हो ।अर्थशास्त्रीए. जि. फ्रयाङ्कले दिएका परनिर्भरताको सिद्धान्त (Theory of Dependency) का अनुसार अल्पविकसित देशहरुलाई आर्थिक सामाजिक तथा राजनैतिक रुपमा परनिर्भर बनाउने रणनिती विकसित देशहरुको हुन्छ । उनको यो शिद्धान्तलाई ग्लोबल वार्मिङ र जलवायु परिवर्तनको वर्तमान सन्दर्भ संग राम्ररी जोडेर हेर्न सकिन्छ । केहि अर्थशास्त्रि तथा राजनैतिक विश्लेशकहरुले विकासशिल देशहरुको आर्थिक विकासलाई रोकी परनिर्भर बनाउने आर्कषक एव कुटिल राजनैतिक चालका रुपमा ग्लोबल वार्मिङ र जलवायु परिवर्तनलाई व्याख्या गरेका छन् । आज जलवायु परिवर्तन, अनुकुलन, जोखिम न्यूनिकरण, स्वच्छ उर्जा, कार्वन उत्र्सजन कटौति आदि विभिन्न शिर्षकमा विकसित देशहरुले अविकसित देशमा अरवौं डलर लगानी गरिरहेका छन् । विकाससिल देशहरु आर्थिक रुपमा कमजोर वन्दै गईरहेका छन्, आर्थिक सामाजिक विकासमा परनिर्भर बनिरहेका छन् । चिन भारत जस्ता द्रुत आर्थिक विकास गरिरहेका मुलुकले हरितगृह ग्याँस उत्सर्जन न्यूनिकरण सम्वन्धि दस्तावेज (क्योटो प्रोटोकल) मा हस्ताक्षर नर्गनुको अर्थ उनिहरुको दु्रततर आर्थिक वृद्धिदरमा ब्रेक नलगाउनु हो । यसमा उनिहरुले भनेका छन् पहिले हामी युरोपेली राष्ट्र बराबर सम्पन्न हुन्छौ अनि हस्ताक्षर गर्नेछौं । यस भनाईले उनिहरुको औधोगिक विकास नरोकिने स्पष्ट संकेत गरेको छ ।
निष्कर्ष ः
पृथ्वीको जलवायुमा केहि परिर्वतन भएका छन् जुन स्वभाविकहो तर अहिले चर्चामा आए जस्तो सखाप हुने अवस्था आईसकेको छैन यो त केवल अमेरिका, युरोप लागयतका विकसित देशहरुले मोटो रकम खर्चेर भयंकर बनाईएको हल्ला मात्र हो । नेपाल लगायतका कम विकसीत देशहरु यस्ता हल्लाको सिकार भएका छन् । वाढी, पहिरो, आधि, तुफान, अनावृष्टि, अतिवृष्टि, हिमताल विष्फोटन, रोग, व्याधी, महामारी, अनिकाल आदि प्राकृतिक घटना हुन जुन प्राकृतिक सन्तुलनका लागि आवाश्यक हुन्छ । प्रकृति आफैले यसको व्यवस्थापन गरिरहेको हुन्छ । यसलाई जलवायु परिवर्तनसंग जोडेर हेर्नु त्यती सान्दर्भिक हुदैन । यस्ता घटनाहरु विभिन्न कालखण्डमा बारम्बार घटिरहेका छन् र भविष्यमा पनि घट्नेछ । कार्वनडाईअक्साईडको मात्रा घटाउदैमा यो रोकिने चिज होईन । त्यसैले अहिलेको आवाश्यकता भनेको आर्थिक विकास हो । यो समय देशको श्रोत साधनलाई वैज्ञानिक सोचका साथ अधिकतम उपयोग गरि आर्थिक वृद्धिदर वढाउने हो । यसो भन्दैमा जताभावी रुख विरुवा काट्नु, वनजङ्गल फडानी गर्नु जिवाशेष ईन्धनको प्रयोग वढाई बैकल्पिक उर्जाको विकास नै नगर्नु भने चाहिँ होईन तर स्वच्छ उर्जा मार्फत प्राप्त हुने केहि रकम (CDM) को लोभमा बहुमुल्य वनजङ्गललाई जलवायु परिर्वतन संग जोडेर व्याख्या गर्नु त्यती सान्दर्भिक हुदैन । वायुमण्डलमा कार्वन उत्सर्जन हुन्छ भन्दै रुख नकाट्नु भन्दा पनि भावि पिढिँलाई यो रुख चाहिन्छ भन्नु वढि अर्थपूर्ण हुनेछ । अर्थात दिगो विकासका अवधारणालाई आत्मासाथ गरि विकास पथमा अगाडि वढ्नु वढि प्राशंगिक र समयसापेक्ष हुनेछ ।
No comments:
Post a Comment