अरनिको राजमार्ग अन्तरगतको लामोसाँघु जिरी सडकको अन्तिम विन्दु तथा जिरी सल्लेरी सडकको प्रारम्भ विन्दु (जिरो पोइन्ट) जिरी वसपार्कबाट १०० मिटर अगाडिसम्मको सडकखण्डको भित्तापट्टि भिरालो पाखामा वस्ति वसाउने तयारी भएको छ । सडकसंगै जोडिएको उक्त जग्गालाई ५०÷५० मिटरको दुई खण्ड बनाई पहिलो ५० मिटरको सिङ्गो खण्ड एकजनालाई र अर्को ५० मिटरको खण्डलाई ७÷७ मिटरको दरले ७ जनालाई वितरण गरिएको छ । जिरी स्थित ढुङ्गेश्वरी मा.वि.को स्वामित्वमा रहेको उक्त जग्गा २० वर्षका लागि लिजमा दिने सम्झौता भएअनुरुप जग्गा पाएका सवैले सडक विभागले तोकेको १५ मिटरको सिमाबाट ५० मिटरभित्र सम्म जान पाउनेछन् । लिजमा लिने व्यक्तिहरुले उक्त जग्गा उपभोग गरेबापत हाललाई प्रतिवर्गमिटर रु.२० का दरले विद्यालयलाई भाडा उपलव्ध गराउनुपर्ने, घडेरी निर्माणको क्रममा कटान हुने रुख लगायत सम्पूर्ण वनपैदावरहरु विद्यालयको हुने, निर्माण खर्च यवं निर्माणका क्रममा हुनसक्ने क्षती लगायतको सम्पूर्ण जिम्मेवारी लिजवाला स्वयंले लिनुपर्ने विद्यालयका प्रधानाध्यापक लिला वहादुर जिरेलले बताएका छन् ।
भौगोलिक तथा वातावरणीय जोखिमको हिसाबले अतिनै सम्बेदनसिल उक्त क्षेत्रमा वस्ति वसाल्दा हुन सक्ने क्षतीका बारेमा भने विद्यालय मात्र हैन उक्त जग्गा भाडामा लिने व्यक्तिहरु समेत अनभिज्ञ रहेका छन् । कमजोर चट्टान, प्रसस्त पानिको श्रोत तथा अत्यन्त भिरालो उक्त जमिनलाई बिना अध्ययन तथा जोखिम न्यूनिकरणका उपायहरु अवलम्वन नगरी कटान गर्दा आउनसक्ने पहिरो तथा भिर खस्ने खतराहरुलाई कम आँकलन गरेको स्थानीय जानकारहरु बताउछन् । यो योजनाले जिरी वसपार्क र सडक आसपासका दर्जनौ वस्तिहरु मात्र उच्च जोखिममा नपरी जिरी अस्पताल, पसु सेवा केन्द्र, कृर्षी सेवा केन्द्र आदिलाई समेतलाई यसको प्रत्यक्ष मार पर्ने हुनाले उक्त कार्य दुरदर्शी नभएको उनिहरुले बताएका छन् ।
भौगोलिक र वातावरणिय जोखिमका अलवा खडेरी निर्माणका क्रममा उत्र्सजन हुने लाखौ टन ढुङ्गामाटोको व्यवस्थापन अर्को प्रमुख चुनौति रहेको छ भने ढल निकासको समस्या टड्कारो रुपमा देखापर्ने छ । पशु सेवा केन्द्र जिरीका प्रमुख पदम बहादुर जिरेलले आफ्नो स्वामित्वको जग्गा कुनै हालतमा ढल निकास र सेप्टिक ट्याङ्क निर्माणका लागि नदिने बताउनुभएको छ । उहाँले विद्यालयको यो कदम दुरदर्शि नभएको बताउदै यसले भविष्यमा ठुलो समस्या ल्याउने वताउनुभएको छ । वस्ति विस्तारका लागि जिरीमा अन्य धेरै स्थानहरु उपर्यूक्त रहेको अवस्थामा यस्ता संवेदनशिल क्षेत्रमा हात हाल्नु कतिको उपयूक्र्त हुन्छ ? यो कतिको विवेकपूर्ण निर्णय हो ? यसले जिरीलाई सुन्दर बनाउँछ वा कुरुप ? यसवाट जिरीको विकास हुन्छ वा विनास ? यस तर्फ स्थानीयबासी, जिरी स्थित संघसंस्था लगायत सम्पूर्ण सरोकारवालाहरुको बेलैमा ध्यान जानु जरुरी छ नत्र हगि सक्यो दैलो देख्यो भने उखान चरितार्थ नहोला भन्न सकिन्न ।