ज्युरिचमा जस्तै जिरीमा पनि ताल निर्माण गरिने
स्वीटजर्ल्याण्डको ज्युरिच सहरको उपमाले चिनिने सुन्दर पर्यटकिय नगरि जिरी उपत्यकाको दिगो पर्यटन विकासको लागि कृतिम ताल निमार्ण गर्ने महत्वकाँछी योजना जिरी नगरपालिकाले अघि बढाएको छ । गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचन पश्चात जनप्रतिनिधिको बहाली भएसंगै हालसम्म भएगरेका काम कारबाहीहरुको जानकारी दिने उदेश्यले नगरपालिका कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रमा नगर प्रमुख टंक जिरेलले उक्त योजनाको बारेमा जानकारी गराएका हुन । जिरी उपत्यकाको दक्षिणी समथर भुभागमा जिरीखोलाको पानिलाई थुनेर बनाईने उक्त ताल करिव डेढ किलोमिटर लम्बाई र औषत सय मिटर चौडा रहने बताईएको छ जसको आउटलेटबाट करिव एक मेघावाटको जलविद्युत निकाल्न सकिने प्रारम्भिक अनुमान गरिएको छ । प्रस्तावित जिरी तालमा डुङ्गा सयर गर्नको साथै मत्स्यपालन गर्ने लक्ष्य नगरपालिकाले लिएको छ । उक्त ताल निर्माण पश्चात जिरी नगरपालिकाको पर्यटन क्षेत्रमा उल्लेख्यीय सुधार हुनुको साथसाथै, जनताको आर्थिक तथा सामाजिक विकासमा समेत ढुलो टेवा पुग्ने नगरप्रमुखको दावी छ ।
करिव ६० करोड लागतमा निर्माण गर्नसकिने अनुमान रहेको प्रस्तावित जिरी तालको बृस्तिृत परियोजना प्रतिबेदन म्एच् निर्माणको लागि नगर विकास कोषले सहयोग गर्ने भएको छ । निजी सरकारी साझेदारी एएए मोडलमा निर्माण गर्न लागिएको जिरी तालमा विभिन्न व्यक्ति संघसंस्था तथा सरकारी गैरसरकारी निकायहरुले समेत चासो व्यक्त गरिरहेको नगरपालिकाले बताएको छ । पानिको बहाव कम हुने हिउँदको सयममा समेत तालको पानिबाट नियमित विद्युत उत्पादन गर्न सकिने मात्र नभई ताल भन्दा तल रहेका जिरी खोला, खिम्ती २ लगायतका जलविद्युत आयोजना समेतको विद्युत उत्पादन क्षमतामा बृद्धि हुने भएकाले सहकार्यका लागि उनिहरुसंग छलफल भईरहेको नगरप्रमुखले बताएका छन ।ज्युरिच देखि छान्दु सम्म