Monday, February 18, 2019

जिरीमा विकासको बाधक बन्दै सरकारी संस्थान




Jiri municipality profile map (cropped)
पर्याप्त जनसंख्या नपुगेतता पनि मौजुदा संरचना एवं सामरिक र पर्यटकीय महत्वका कारण दोलखा जिल्लाको ९ नं ईलाका  अन्तरगत रहेको तात्कालिन जिरी गा.वि.स. सहित छिमेकी ठुलोपातल गा.वि.स. र माली गा.वि.स. लाई समेटेर विषेश सम्बोधन सहित सरकारले २०७० सालमा हिमाली नगरपालिका घोषणा गरेको थियो । देश संघिय संरचना गएपछि स्यामा गा.वि.स लाई समेत समाहित गर्दै हालको जिरी नगरपालिका बनेको हो । तर नगरपालिका घोषणा भएको करिब ५ वर्ष वितिसक्दा पनि नगरपालिका भित्र मापदण्ड अनुरुप हुनपर्ने उल्लेख्नीय बिकास निर्माणका संरचनाहरु भने सोचे अनुरुप निर्माण हुन सकेका छैनन् । त्यसो त योजना र बजेट अभावका कारण यस्तो परिस्तिथि आएको भने पक्कै होईन । केन्द्रिय सरकार र प्रदेश सरकारले समेत विगत लामो समयदेखि जिरीलाई निकै महत्वका साथ आफ्ना निति तथा कार्यक्रमहरुमा समाबेश गर्दै आएको छ । त्यति मात्र हैन जिरी नगरपालिकाले समेत आफ्नो बार्षिक तथा आवधिक योजनामा जिरीको आक्रमक विकास निति लिएको छ । त्यस्तै स्थानीय निर्वाचनताका जिरीस्थित क्रियाशिल राजनैतिक दलहरुले समेत आफ्नो घोषणा पत्रमा जिरीको विबासका लागि पर्यटकीय संरचना निर्माणलाई प्रमुख प्राथमिकतामा राखेका थिए । यसरी सम्पूर्ण तह, क्षेत्र र आम जिरीबासीको एउटै चहाना र उद्धेश्य हुदाँ हुदै पनि जिरी नगरपालिकाभित्र अपेक्षित रुपमा सार्वजानिक संरचना निर्माण नहुनुमा भने यहाँ रहेका विभिन्न सरकारी संस्थानहरुको नापि नक्शा सहित स्वामित्वमा रहि खासै प्रयोगमा नआएको हजारौं हेक्टर खालि जग्गा र सामुदायिक एवं सरकारी बनक्षेत्र बाधक बन्दै आईरहेका छन् । 
विषेश गरि विकास निर्माणमा वाधा खडा गर्ने निकायमध्य तात्कालिन पशु विकास फार्म (हालको गाई आनुबाँसीक श्रोत केन्द्र) जिरीको नाम अगाडि आउँछ । कृषि मन्त्रालय (हालको पशुपंछी) अन्तरगत रहेको फार्मको नाममा जिरी न.पा. वडा नं. ५ लिङ्कन बजारको तल्लो भुभाग, जिरी न.पा. वडा नं. २, एलुङको ओख्रेटार, जिरी न.पा. वडा नं. १ पुम्पाकोट र रामेछाप जिल्लाको गोकुलगंगा गा.पा. चुचुरे र्गजाङ मा गरि हजारौं रोपनी जग्गा रहेको छ । स्वीस बिकास नियोग ले जिरी बहुमुखी बिकास योजना अन्तरगत पशुपालनलाई प्राथमिकतामा राखि नेपाल कै नमुना पशुफार्मको रुपमा विकास गर्ने योजना अनुसार वितग तिन दशक अगाडि संचालनमा ल्याएको यस बृहत परियोजनामा हाल भने केहिमात्र गाई र बगुंर बाहेक अन्य पशुपंछिहरु छैनन् । तर पनि उचित व्यवस्थापनको अभावमा हजारौं हेक्टर जमिन प्रयोगविहिन अवस्थामा बाँझो रहेको मात्र छैन, विविध क्षेत्रबाट अत्याधिक अतिक्रमणमा समेत परेको छ । 
त्यसै गरि बन विभाग बाधा खडा गर्ने अर्को निकाय हो । हाल नगरपालिका भित्रका अधिकाँस बनक्षेत्र सामुदायिक बन उपभोत्ता समुह मातहात आएपनि बन विभागले बन ऐन २०४९ र बन नियमावली २०५१ को प्रयोग गरि बन संरक्षणको नाममा बिकास निर्माण कार्यमा अवरोध मात्रै गर्दै आईरहेको छैन, करिव ३ दसक अगाडि नै स्वीस विकास नियोगको सक्रियतामा तात्कालिन जिरी नगरपालिकाको विभिन्न खालि जमिनमा सल्लाको विरुवा रोपिएको सल्लाको विरुवा रुखो हुने, जमिनको उर्वराशक्तिमा हस ल्याउने, माटोको अम्लियपना बढाउने, पानिको मुहानहरु सुकाउने, र पहिरोको सम्भावना समेत रहने तथा काठ बाहेक अन्य कुनै प्रयोजनमा प्रयोग नहुने तथ्य सार्वजानिक भएसंगै उक्त विरुवा विस्थापन गरि अन्य डालेघाँस लगाउने स्थानीयको योजना र नगरपालिकाको पहलमा समेत बनले अड्को थापिरहेको छ ।     
कुन कुन योजनामा आयो बाधा ?
१. हाई अल्टिच्युड स्पोर्ट ट्रेनिङ सेन्टर ः 
नेपाल सरकारका तत्कालिन भौतिक निर्माण तथा योजना राज्यमन्त्री एवं २०६४ सालमा दोलखा क्षेत्र नं. १ बाट निर्वाचित सभासद देवी खड्काको विषेश पहलमा राष्ट्रिय योजना आयोगको रातो कितावमा परेको हाई अल्टिच्युड स्पोर्ट सेन्टर पर्याप्त जग्गा अभावमा निर्माण कार्य सुरु हुन सकेन । विभिन्न खेलका राष्ट्रिय र अन्तराष्ट्रिय खेलाडिहरुलाई गृष्मकालिन तालिमको व्यवस्था गर्ने उद्धेश्य राखि निर्माण गर्ने भनिएको सो स्पोर्ट ट्रेनिङ सेन्टर समुन्द्री सतहबाट करिव २५०० मिटर उचाई भन्दा माथि बनाउनु पर्ने र स्वामित्व खेलकुद मन्त्रालयको मातहात रहनुपर्ने वाध्यात्मक अवस्थामा स्थानीयको व्यक्तिगत जग्गा नभएको र बनले आवश्यक जग्गा उपलव्ध नगराएको कारण परियोजना सुरु भएन  ।  

Ring-road incomplete section (red line)
२. जिरी रिङरोड
राज्यमन्त्री खड्का कै पालामा जिरी उपत्यकालाई लाई केन्द्रविन्दु बनाई वरिपरी रहेको प्राकृतिक एवं धार्मिक महत्वका अग्ला पर्वतहरुबाट पर्यटकीय सडक (रिङरोड) मार्फत पर्यटकरुलाई अवलोकन गराई जिरीको पर्यटन विकासमा टेवा पुर्याउने योजनामा समेत बन विभागको कारण निर्माण कार्य रोकिएको थियो । खावाबाट हनुमन्ते, ठुलोनागी, कालोभिर, क्याङसे, कुथामे, सिक्री हुदै पुन खावा जोड्ने योजना रहेको रिङरोड निर्माण कार्य कालोभिर सामुदायिक बन र ठुलोनागी सामुदायिक बनक्षेत्र पुगेपछि अलपत्र परेको थियो । करिव ७० प्रतिशत निर्माणकार्य सकिसकिएको जिरी रिङरोड बनको अवरोधका कारण हालसम्म पुर्ण हुन सकेको छैन ।      
३. जिरी एयरपोर्ट ः
Jiri Airport  (Red line)
करिव ४ दसक अघि सम्म जिरीमा टुईनेटर विमान चल्थ्यो । २०४३÷४४ सालतिर स्वीस सरकारको सहयोगमा लामोसाँगु जिरी कालेपत्रे सडक निर्माण भएपछि विमान चल्न बन्द भयो । जिरी विमानस्थल हाल पनि छ तर विमान भने आँउदैनन् । २०५१ सालमा भएको नापिको बेलामा तात्कालिन पर्यटन मन्त्रालयको नाममा रहेको जिरी एयरपोर्टको जग्गा कृषि मन्त्रालय अन्तरगत पशु विकास फार्म जिरीको नाममा दर्ता गरियो । विगत लामो समयदेखि जिरी एयरपोर्ट सन्चालनका लागि विभिन्न प्रयासहरु भईरहेका छन् । विगतमा दोलखा जिल्लाकै सांसद आनन्द प्रसाद पोखरेल पर्यटन मन्त्री हुँदा एयरपोर्ट संचालनको लागि अधिकतम प्रयास भएको हो । उहाँ कै पहलमा पर्यटन उड्ययन विभागबाट विज्ञहरु सहितको टोलीले अध्ययन गरेको थियो । विशेष गरि माउन्टेन फ्लाईटको लागि विमानस्थल संचालन गर्ने उदेश्य सहित सिता एयरले सफलतापुर्वक टेष्ट फ्लाईट समेत गरि साप्ताहिक रुपमा २ वा ३ फ्लाईट गर्ने निर्णय गरेको थियो । त्यस्तै गरि पछि अर्का पर्यटन मन्त्री रविन्द्र अधिकारीले समेत एयरपोर्ट संचालन गर्न पहल गर्ने आश्वासन दिएका थिए । तथापी तात्कालिन पशु विकास फार्मको असहयोग र कृषि मन्त्रालयले पर्यटन मन्त्रालयलाई उक्त एयरपोर्ट रहने जग्गाको स्वामित्व दिन नमानेपछि अनेकन क्षेत्रबाट भईरहेको अथक प्रयास व्यर्थ भएको छ । हाल सम्म यो कार्य अगाडी बढेको छैन ।  
४. क्षेत्रिय रंगशालाः
३ नं. प्रदेश सरकारले यहि आर्थिक वर्ष २०७५÷०७६ बाट जिरी नगरपालिका भित्र पायक पर्ने स्थानमा क्षेत्रिय रंगशाला निर्माण कार्य सुरु गर्ने योजना तथा कार्यक्रम रहेकोमा नगरले प्रस्ताव गरेको स्थानमा बन कार्यालयले स्वीकृति नदिएपछि उक्त परियोजना नै अन्योलमा परेको छ । यसै आर्थिक वर्षभित्र निर्माण कार्य सुरु गरिसक्नुपर्ने भएतापनि जग्गा अभावका कारण प्रदेश सरकारबाट विनियोजित ३ करोड रकम फ्रिज जाने अवस्थामा पुगेको हो । दोलखा क्षेत्र नं. १ का प्रदेश सांसद विशाल खड्काको विषेश पहलमा प्रदेश सरकारले अगाडि सारेको यस योजना सुरु हुने नहुने ठेगान छैन । जिरी नगरपालिका वडा नं. ६ स्थित ईलाका बन कार्यालय जिरी नजिकै बनकै स्वामित्वमा रहेको स्थानमा यस अघि नगर कार्यसमितिले रंगशालाको लागि स्थान छनौट गरेको भएता पनि मन्त्रालय स्तरिय सम्झौता गर्नुपर्ने र सो को लागि लामो तथा झन्झटिलो प्रकृया भएका कारण यो बर्ष सोहि स्थानमा भने निर्माण सुरु नहुने प्राय निश्चित भएको छ । अर्को बर्ष समेत सोहि योजना पर्ने नपर्ने कुनै ग्यारेन्टी नभए पश्चात हाल नगरपालिकाले जिरी प्राविधिक शिक्षालय भन्दा केहि तलको खालि स्थानमा निर्माण गर्ने योजना सहित प्रक्रिया अगाडी बढाएको छ ।   
स्थानीयबासी आक्रोशित बन्दै :
जिरी भित्रेका विभिन्न आयोजना, परियोजना तथा अन्य विकास निर्माणका कामहरु पर्याप्त जग्गा अभावमा एक पछि अर्को गर्दै बाहिरिन थालेपछि स्थानीयहरु आक्रोसित बन्न थालेका छन् । आवश्यकता भन्दा बढि जमिन ओगटेको तर खासै राम्रो काम र प्रगति गर्न नसकेको बरु उक्त संस्थाहरुको क्रियाकलापहरु अपारदर्शी रहेको भन्दै उक्त संस्थाहरुको औचित्य र कार्यशैली माथि नै असन्तुष्टिका स्वरहरु उठ्न थालेको छ । स्थानीयको आवश्यकता र विकासको अभियानलाई ब्रेक लगाउने यस्ता संस्थाहरु जनमैत्री नभएको गुनासो यत्रतत्र सुनिन थालेको छ । विकास निर्माणका कार्यहरुमा यस्ता अवरोधहरु बारम्बार भईरहेमा जिरीको विकासका जुनसुकै मुल्य चुकाउन पनि पछि नपर्ने भन्दै स्थानीयले चासो लिन थालेका छन् ।   


       
        

Monday, February 4, 2019

ग्लोबल वार्मिंग ! बास्तबिकता कम हल्ला बढी !!

ग्लोबल वार्मिंग  ः वास्तविकता कम हल्ला वढी
केन्द्रज्योति खड्का


कोईला, पेट्रोलियमपदार्थ, प्राकृतिकग्याँस लगायतका ईन्धनलाई बाल्दा एव बनजङ्गल फडानीका कारण उत्र्सजित हुने कार्वन डाईअक्साईड, कार्वन मोनोअक्साईड, नाईट्रक्स अक्साईड, सल्फर डाईअक्साईड आदि, धानखेत र दलदलबाट उत्र्सजन हुने मिथेन तथा रेफ्रिजिरेटर, एयर कन्डिसनर आदि बाट उत्पन्न हुने क्लोरोफ्लोरोकार्वन जस्ता ग्याँसका कारण हरित गृह प्रभाव बढ्न गई ग्लोबल वार्मिङ्ग भईरहेको जसले गर्दा पृथ्वीको जलवायुमा व्यापक परिर्वतनभई सम्पूर्ण विश्वको अस्तित्व उच्च जोखिममा रहेको प्रशंगहरु अहिले जोडदार ढंगले विश्वव्यापी रुपमा उठिरहेका छन् । जलवायु परिर्वतनको क्षेत्रमा कामगरिरहेको प्रमुख र सवैभन्दा ठुलो अन्तराष्ट्रिय मान्यताप्राप्त संस्था IPCC(Intergovernmental Panel on Climate Change)ले बताए अनुसार पृथ्वीको औषत तापक्रम अहिलेको रफ्तारमा वढ्ने हो भने सन २१०० को अन्त्य सम्ममा पृथ्वीअहिलेको भन्दा ४ देखि ५.८ डि. से. ले वढी तात्ने छ जसका कारण पृथ्वीमा थुप्रै विध्वंसकारी अकल्पनीय जलवायुजन्य प्रकोपहरु वढ्ने छ । हिमालका हिँउहरु सकिने छन्, आर्टिक र एन्टार्टिका वरफहरु पानिमा परिणत हुनेछन्, समुन्द्री सतह वढ्ने छ र थुप्रै बस्तिहरु डुब्नेछन्, जताततै माहामारी अनिकाल फैलने छ आदिआदि । अनि भविष्यमा आउन सक्ने यि सवै समस्याको दोष मानवसिर्जित हरित गृह ग्याँसहरुलाई दिईएको छ । IPCC sf] CAGW (Catastrophic Anthropogenic Global Warming) जलवायु मोडल अनुसार वायुमणडलमा कार्वनडाईअक्साईडको मात्रा बढ्नाले हरित गृह प्रभाव वढ्न गई तापक्रम वढ्छ जसको फलस्वरुप वाष्पिकरण वढ्न जान्छ । वाष्पिकरण भएको पानिको वाफले थप हरित गृहप्रभावलाई वढाउछ र थप बरफहरु पग्लिन्छ जसले थपबाफ वायुमण्डलमा जम्मा भई हरित गृह प्रभावलाई धेरै गुणा बढाईदिने हुनाले तापक्रममा अनेपेक्षित रुपमा वृद्धि हुने उल्लेख छ । IPCCको यो मोडल र उसको तापक्रम प्रक्षेपणलाई आधार मान्ने हो भने सन २०३० सम्ममा हिमालका हिउँहरु पग्लिसक्नेछन् अनि सन २०५० सम्ममा आर्टिक र एन्टार्टिका वरफहरु पूर्णरुपमा पानि बनि सक्नेछन् । न्युयोर्क, लण्डन जस्ता नदि किनारका सहरहरु मात्र हैन बंगलादेश, माल्दिभ्स, न्युजिल्याण्ड जस्ता देशहरु पूर्णरुपमा डुब्नेछन् । 
IPCC लगायत यसका पक्षधरहरुले मानव सृजित हरितगृह ग्याँसका कारण उतपन्न पृथ्वीको कहालीलाग्दो भविष्यको वर्णन गरिरहदा अर्काथरी बैज्ञानिकहरुका ठुलै जमात भने यसको विरुद्धमा छन् । उनिहरुका अनुसार पृथ्वी तातेको हैन चिसिरहेको छ अर्थात ग्लोबल वार्मिङ्ग हैन ग्लोबल कुलिङ्ग भईरहेको छ । उनिहरुले भनेका छन् शदाव्दीकै सर्वाधिक गर्मी वर्ष सन १९९८ पश्चात पृथ्वीको औषततापक्रम –०.१२ डि.से. प्रति सेन्चुरीको दरले घटिरहेको छ जुन दर सन १९९८ भन्दा अगाडि +१.०८डि. से.प्रति सेन्चुरीले वढिहरेको थियो । 

वास्तविकता के हो त ?

ग्लोवल वार्मिङ्ग तथा जलवायु परिवर्तनका पक्ष र विपक्षमा वादविवाद चलिरहदाँ यसका केहि तथ्यगत बैज्ञानिक प्रसंगहरुमाथि छलफल गर्नु उचित हुनेछ । सुर्यबाट पृथ्वी सम्म आईपुग्ने जम्मा सौर्य विकिरण (Solar Irradiance) ले पृथ्वीको तापक्रम निर्धारण गर्दछ । सुर्यको सतहमा हुने तापक्रम परिवर्तन तथा सुर्य र पृथ्वीविचको दुरी तथा अवस्था (Alignment) मा हुने परिवर्तनका कारण पृथ्वीमा आईपुग्ने सौय तापमा फरक पर्दा तापक्रम फरक पर्दछ । यस्तो अवस्थाले कहिलेकाँही प्राकृतिक जलवायु प्रभाव (Natural Climatic Phenomenon) उत्पन्न गर्दछ जसले पनि पृथ्वीको तापक्रम परिवर्तनमा सहयोग गर्दछ । जस्तै सन १९९८ मा  भुमध्यरेखियप्रशान्त क्षेत्रमा आएको ENSO (El Nino South Ocean, El Nino भन्नाले समुन्द्रको फेदबाद सतहमा आउने चिसो पानिको वहावलाई बुझिन्छ) पश्चात तापक्रम घट्न थाल्नुले प्राकृतिक जलवायु प्रभावको तथ्यलाई पुष्टि गर्दछ । अर्को कुरा अहिले पनि वायुमण्डलमा हरित गृह ग्याँस मानिएका कार्वनडाईअक्साईड लगायत अन्य ग्याँसहरु उत्सर्जन वढ्दो छ । अहिले सम्म करिव १ ट्रिलियन टन भन्दा वढि कार्वनडाईअक्साईड वायुमण्डलमा पुगिसकेको छ । सन २०१२ सम्ममा वायुमण्डलमा कार्वन डाईअक्साईडको मात्रा ३९० PPM (Parts Per Million) रहेको छ । यति हुदाँहुदै पनि यसरी अनेपेक्षित रुपमा तापक्रम घट्नुले IPCC को जलवायु मोडललाई मात्र गलत सावित गरिदिएको छैन बल्की कार्वनडाईअक्साईड लगायत अन्य ग्याँसहरु हरितगृह प्रभावका लागि जिम्मेवार छन् कि छैनन् भन्ने प्रश्न समेत उव्जाएको छ ।  
तापक्रम परिवर्तनको कुरा गर्दा विश्वको सवै ठाँउमा तामक्रम घटिरहेको भने अवश्य होईन । औषतमा हेर्दा घटेको देखिए पनि उत्तरी ध्रुव र दक्षिणी ध्रुवमा यो फरक छ । उत्तरी ध्रुव र दक्षिणी धुर्बमा तापक्रमको सिजनल फरक धेरै छ।  ध्रुविय क्षेत्रमामात्र हैन महादेश, देश र एउटै देशको पनि विभिन्न भौगोलिक क्षेत्रमा तापक्रम परिवर्तनमा एकरुपता छैन । नेपालको सन्दर्भमा संखुवासभा, डोटि, नुवाकोट लगायत तराईका अधिकांश तापमापन केन्द्रहरुले तापक्रम घटिरहेको तथ्याङ्ग देखाईरहेका छन् भने केहिले वढिरेहको देखाएका छन् । तापक्रम वढ्ने र घट्ने मात्र होईन परिर्वतनको दर पनि फरक छ । कुनै स्थानमा तापक्रम वढ्ने वा घट्ने दर निकै अधिक रहेको पाईन्छ भने कुनै स्थानमा यो दर सामान्य छ । कहि कहि तापक्रम परिवर्तन नभएको पनि पाईन्छ। यहाँनिर एउटा गम्भिर प्रश्न के उब्जिन्छ भने यदि ग्लोबल वार्मिङ्गको दोष कार्वनडाईअक्साईडलाई नै दिने हो भने तापक्रममा क्षेत्रिय असन्तुलन किन भयो ?
  • सन२०१२ मा अष्ट्रेलियामा गृष्मकालिन ऋतु विगत ५० वर्षकै सवैभन्दा चिसो रह्यो ।
  • सन २०१२ मा फिनल्याण्डमा गृष्म कालिन हिमपात भयो । 
  • सन २०११ मा टर्कीमा हिमपात भयो । 
  • सन २०१२ मा दक्षिणी ध्रुवमा अहिलेसम्मकै सवैभन्दा कम तापक्रम मापन गरियो । 
  • अमेरिका र क्यानाडामा जुन, जुलाईमा स्की खेलको आयोजना गरियो । 

यि माथिका केहि प्रतिनिधि घटना हुन जसले पृथ्वी चिसिरहेको छ भन्ने पुष्टि गरिरहेका छन् ।हिमालयमा वा अमेरीका, युरोपको कुनै ठाँउमा तापक्रम बढिरहेको बेलाअन्य स्थानमा घटिरहेको हुन सक्छ । यसलाई औषतमा राखेर हेर्नु पनित्यति सान्दर्भिक हुदैन । औषतमा हेर्नु, व्याख्या विश्लेष्ण तथा प्रचार गर्नु भनेको एउटा खुट्टा उम्लिरहेको पानिमा र अर्को खुट्टा जम्न लागेको पानिमा राखेर म मनतातो पानिमा छु भन्नु जस्तै हो ।एकातर्फ वार्मिङ्ग र अर्को तर्फ कुलिङको कारण आएको जलवायु विषमतातर्फ भने ग्लोवल वार्मिङका सर्मथकहरुको ध्यान गएको देखिदैन । 

हल्ला पछाडिको कारण ः

सन १९७० को दसकमा युरोपमाभएको हरित क्रान्तिको (औधोगीक क्रान्ति) क्रममा कृषी उत्पादनले छलाङ मा¥यो । ठुला ठुलाउद्योग धन्दा, कलकारखानाहरुको स्थापना भयो जसले उत्पादकत्व मात्र बढाएन युरोपलाई सम्पन्न तथा विकसित महादेशको रुपमा परिणत ग¥यो । यसै समयमा ईतिहास कै सवैभन्दा वढि कार्वन उत्र्सजन भयो । विश्वका विकाससिल अन्य देशहरुले आन्तरिक तथा वाह्य कारण यो अभियानलाई पछ्याउन सकेनन र आर्थिक सामाजिक रुपमा पछाडी परे । हिजो तिनै युरोपेलि देश लगायत अमेरीका जसले आर्थिक क्रान्तिका नाममा कयैन हानिकारक ग्याँसहरु उत्सर्जन गरे आज तिनै मुलुकहरु कार्वन कटौतिका कुरा गरिरहेका छन् । कार्वनडाईअक्साईडले पृथ्वीको तापक्रम गुणात्मक रुपमा वढाई प्रलय ल्याउँछ भन्ने कुरा केवल उनिहरुको प्रोपोगाण्ड मात्र हो ।अर्थशास्त्रीए. जि. फ्रयाङ्कले दिएका परनिर्भरताको सिद्धान्त (Theory of Dependency) का अनुसार अल्पविकसित देशहरुलाई आर्थिक सामाजिक तथा राजनैतिक रुपमा परनिर्भर बनाउने रणनिती विकसित देशहरुको हुन्छ । उनको यो शिद्धान्तलाई ग्लोबल वार्मिङ र जलवायु परिवर्तनको वर्तमान सन्दर्भ संग राम्ररी जोडेर हेर्न सकिन्छ । केहि अर्थशास्त्रि तथा राजनैतिक विश्लेशकहरुले विकासशिल देशहरुको आर्थिक विकासलाई रोकी परनिर्भर बनाउने आर्कषक एव कुटिल राजनैतिक चालका रुपमा ग्लोबल वार्मिङ र जलवायु परिवर्तनलाई व्याख्या गरेका छन् । आज जलवायु परिवर्तन, अनुकुलन, जोखिम न्यूनिकरण, स्वच्छ उर्जा, कार्वन उत्र्सजन कटौति आदि विभिन्न शिर्षकमा विकसित देशहरुले अविकसित देशमा अरवौं डलर लगानी गरिरहेका छन् । विकाससिल देशहरु आर्थिक रुपमा कमजोर वन्दै गईरहेका छन्, आर्थिक सामाजिक विकासमा परनिर्भर बनिरहेका छन् । चिन भारत जस्ता द्रुत आर्थिक विकास गरिरहेका मुलुकले हरितगृह ग्याँस उत्सर्जन न्यूनिकरण सम्वन्धि दस्तावेज (क्योटो प्रोटोकल) मा हस्ताक्षर नर्गनुको अर्थ उनिहरुको दु्रततर आर्थिक वृद्धिदरमा ब्रेक नलगाउनु हो  । यसमा उनिहरुले भनेका छन् पहिले हामी युरोपेली राष्ट्र बराबर सम्पन्न हुन्छौ अनि हस्ताक्षर गर्नेछौं । यस भनाईले उनिहरुको औधोगिक विकास नरोकिने स्पष्ट संकेत गरेको छ । 

निष्कर्ष ः

पृथ्वीको जलवायुमा केहि परिर्वतन भएका छन् जुन स्वभाविकहो तर अहिले चर्चामा आए जस्तो सखाप हुने अवस्था आईसकेको छैन यो त केवल अमेरिका, युरोप लागयतका विकसित देशहरुले मोटो रकम खर्चेर भयंकर बनाईएको हल्ला मात्र हो । नेपाल लगायतका कम विकसीत देशहरु यस्ता हल्लाको सिकार भएका छन् । वाढी, पहिरो, आधि, तुफान, अनावृष्टि, अतिवृष्टि, हिमताल विष्फोटन, रोग, व्याधी, महामारी, अनिकाल आदि प्राकृतिक घटना हुन जुन प्राकृतिक सन्तुलनका लागि आवाश्यक हुन्छ । प्रकृति आफैले यसको व्यवस्थापन गरिरहेको हुन्छ । यसलाई जलवायु परिवर्तनसंग जोडेर हेर्नु त्यती सान्दर्भिक हुदैन । यस्ता घटनाहरु विभिन्न कालखण्डमा बारम्बार घटिरहेका छन् र भविष्यमा पनि घट्नेछ । कार्वनडाईअक्साईडको मात्रा घटाउदैमा यो रोकिने चिज होईन । त्यसैले अहिलेको आवाश्यकता भनेको आर्थिक विकास हो । यो समय देशको श्रोत साधनलाई वैज्ञानिक सोचका साथ अधिकतम उपयोग गरि आर्थिक वृद्धिदर वढाउने हो । यसो भन्दैमा जताभावी रुख विरुवा काट्नु, वनजङ्गल फडानी गर्नु जिवाशेष ईन्धनको प्रयोग वढाई बैकल्पिक उर्जाको विकास नै नगर्नु भने चाहिँ होईन तर स्वच्छ उर्जा मार्फत प्राप्त हुने केहि रकम (CDM) को लोभमा बहुमुल्य वनजङ्गललाई जलवायु परिर्वतन संग जोडेर व्याख्या गर्नु त्यती सान्दर्भिक हुदैन । वायुमण्डलमा कार्वन उत्सर्जन हुन्छ भन्दै रुख नकाट्नु भन्दा पनि भावि पिढिँलाई यो रुख चाहिन्छ भन्नु वढि अर्थपूर्ण हुनेछ । अर्थात दिगो विकासका अवधारणालाई आत्मासाथ गरि विकास पथमा अगाडि वढ्नु वढि प्राशंगिक र समयसापेक्ष हुनेछ ।