Friday, January 4, 2013

जिरी स्थित सरकारी कार्यालयमा छड्के चेकजाँच, ११ कर्मचारी कारवाहीमा

प्रमुख जिल्ला अधिकारी कालि प्रसाद पराजुलीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय दोलखाको टोलीले आज जिरी स्थित सरकारी कार्यालयहरुमा छड्के अनुगमन गरेको छ । अनुगमनका क्रममा पशु विकास र्फाम जिरी, जिरी अस्पताल, गाँउ विकास समितिको कार्यालय, ईलाका बन कार्यलय, ईलाका हुलाक कार्यालय, पशु सेवा केन्द्र, कृषी सेवा केन्द्र लगायतका अधिकांस सरकारी कार्यालयहरुमा गरि जम्मा ११ जना कर्मचारी बिना सुचना कार्यालय समयमा अनुपस्तिथ रहेको भेटिएको छ । अनुपस्थित रहने कर्मचारीहरुलाई तत्काल विभागिय कारवाही अगाडि बढाईने प्रमुख जिल्ला अधिकारी पराजुलीले बताउनुभयो । स्थानीय जनताको कर्मचारीहरु बारम्बार अनियमित हुने र सेवा सुविधामा प्रत्यक्ष असर परेको गुनासो वढेकाले कडाईका साथ चेकजाँच गरि आवश्यक कारवाही गर्नुपरेको उहाँले बताउनुभयो । 

No comments:

Post a Comment