Monday, October 1, 2012

जोखिमता अध्ययन विना वस्ती विस्तारको तयारी


अरनिको राजमार्ग अन्तरगतको लामोसाँघु जिरी सडकको अन्तिम विन्दु तथा जिरी सल्लेरी सडकको प्रारम्भ विन्दु (जिरो पोइन्ट) जिरी वसपार्कबाट १०० मिटर अगाडिसम्मको सडकखण्डको भित्तापट्टि भिरालो पाखामा वस्ति वसाउने तयारी भएको छ । सडकसंगै जोडिएको उक्त जग्गालाई ५०÷५० मिटरको दुई खण्ड बनाई पहिलो ५० मिटरको सिङ्गो खण्ड एकजनालाई र अर्को ५० मिटरको खण्डलाई ७÷७ मिटरको दरले ७ जनालाई वितरण गरिएको छ । जिरी स्थित ढुङ्गेश्वरी मा.वि.को स्वामित्वमा रहेको उक्त जग्गा २० वर्षका लागि लिजमा दिने सम्झौता भएअनुरुप जग्गा पाएका सवैले सडक विभागले तोकेको १५ मिटरको सिमाबाट ५० मिटरभित्र सम्म जान पाउनेछन् । लिजमा लिने व्यक्तिहरुले उक्त जग्गा उपभोग गरेबापत हाललाई प्रतिवर्गमिटर रु.२० का दरले विद्यालयलाई भाडा उपलव्ध गराउनुपर्ने,  घडेरी निर्माणको क्रममा कटान हुने रुख लगायत सम्पूर्ण वनपैदावरहरु विद्यालयको हुने, निर्माण खर्च यवं निर्माणका क्रममा हुनसक्ने क्षती लगायतको सम्पूर्ण जिम्मेवारी लिजवाला स्वयंले लिनुपर्ने विद्यालयका प्रधानाध्यापक लिला वहादुर जिरेलले बताएका छन् ।
भौगोलिक तथा वातावरणीय जोखिमको हिसाबले अतिनै सम्बेदनसिल उक्त क्षेत्रमा वस्ति वसाल्दा हुन सक्ने क्षतीका बारेमा भने विद्यालय मात्र हैन उक्त जग्गा भाडामा लिने व्यक्तिहरु समेत अनभिज्ञ रहेका छन् । कमजोर चट्टान, प्रसस्त पानिको श्रोत तथा अत्यन्त भिरालो उक्त जमिनलाई बिना अध्ययन तथा जोखिम न्यूनिकरणका उपायहरु अवलम्वन नगरी कटान गर्दा आउनसक्ने पहिरो तथा भिर खस्ने खतराहरुलाई कम आँकलन गरेको स्थानीय जानकारहरु बताउछन् । यो योजनाले जिरी वसपार्क र सडक आसपासका दर्जनौ वस्तिहरु मात्र उच्च जोखिममा नपरी जिरी अस्पताल, पसु सेवा केन्द्र, कृर्षी सेवा केन्द्र आदिलाई समेतलाई यसको प्रत्यक्ष मार पर्ने हुनाले उक्त कार्य दुरदर्शी नभएको उनिहरुले बताएका छन् ।
भौगोलिक र वातावरणिय जोखिमका अलवा खडेरी निर्माणका क्रममा उत्र्सजन हुने लाखौ टन ढुङ्गामाटोको व्यवस्थापन अर्को प्रमुख चुनौति रहेको छ भने ढल निकासको समस्या टड्कारो रुपमा देखापर्ने छ । पशु सेवा केन्द्र जिरीका प्रमुख पदम बहादुर जिरेलले आफ्नो स्वामित्वको जग्गा कुनै हालतमा ढल निकास र सेप्टिक ट्याङ्क निर्माणका लागि नदिने बताउनुभएको छ । उहाँले विद्यालयको यो कदम दुरदर्शि नभएको बताउदै यसले भविष्यमा ठुलो समस्या ल्याउने वताउनुभएको छ । वस्ति विस्तारका लागि जिरीमा अन्य धेरै स्थानहरु उपर्यूक्त रहेको अवस्थामा यस्ता संवेदनशिल क्षेत्रमा हात हाल्नु कतिको उपयूक्र्त हुन्छ ? यो कतिको विवेकपूर्ण निर्णय हो ? यसले जिरीलाई सुन्दर बनाउँछ वा कुरुप ? यसवाट जिरीको विकास हुन्छ वा विनास ? यस तर्फ स्थानीयबासी, जिरी स्थित संघसंस्था लगायत सम्पूर्ण सरोकारवालाहरुको बेलैमा ध्यान जानु जरुरी छ नत्र हगि सक्यो दैलो देख्यो भने उखान चरितार्थ नहोला भन्न सकिन्न  ।


Saturday, September 22, 2012

जटापोखरी यात्रा संस्मरण

 दिन २ .....
बेलुकाको सल्लाह अनुसार विहान ६ वजे हिड्ने लक्ष्य थियो । बेलुका नै शेर्पा दम्पत्तिलाई बिहानको नास्ताको रुपमा रोटि र तरकारीको अर्डर भैसकेको थियो । यद्यपी विहानको साँढे ६ त ओच्छ्यानमा भैसकेछ । तै पनि उठ्नै मन लागेको छैन । ओ साथि हो उठौ यार अव,  खाजा तयार भैसके छ फेरी मेरो त चप्पल पनि किन्नु छ । माथि तिरलाई अलिअलि चिजविज पनि त चाईएला नि त्यो पनि किनौ । यस्तो पानीमा कसरी हिड्नु यार ? हिजोकोले अलिअलि टाउको पनि दुखेको, अनि वाहिरको झमझम पानी; मैले सिरकबाट टाउको मात्र निकालेर वाहाना बनाए । ओहो आज त मानेडाँडा पो पुग्नु छ त यार, यस्तो पाराले हुदैन पानि परेपनि हिड्नु पर्छ । ओ जिवन सर खाजा खाँदा ओर्दा पानि हराउछ होला उठौ यार । मैले जुरुक्क उठ्दै भने । शेर्पा दम्पत्तिले गहुँको सुख्खा रोटि र आलुको तरकारी विहानै तयार गरिसकेछन् । कति मेहनती छन् यिनिहरु अनि कति सुखि छन् । तिन जनाको परिवार छ । ६ वर्ष अघि १३ वर्षको उमेरमा विहे गरेर भिन्नु भएका रे । बुवाले अशं लगाईदे पछि १२ कक्षा पढ्दा पढ्दै छोडेर होटल व्यवसाय गरेका भाईको आज ठुलो पसल पनि छ, ५ वर्षको त छोरा नै रहेछ ।
कुनै दिन खोलाको विचबाट मोटरसाईकल चलाएर तारेको खिम्तीखोला आज पुलमाथिबाट हेर्दा समेत डरलाग्दो लाग्छ । करिव १ वर्ष अगाडि गजाङढुङ्गा उ.मा.वि.को स्वर्ण महोत्सवमा जादाँ मैले चलाएरै चुचुरे गएको थिए । तर आज यसको बेग र गर्जाहट अत्यासलाग्दो छ । खिम्ती खोला तरेर खरानीटार पुग्नु अघि खुला समथर मैदान आउँछ । यहाँ पहिला ठुलो कृषीर्फाम थियो रे पछि माओबादी द्वन्दकालमा बन्द भएछ । माओवादीले विष्फोट गराएका घरका केहि भग्नावशेस भने देख्न सकिन्थ्यो । खरानीटारमा सानो पनि बजार छ । हिउँदमा यहाँ सम्म बस, ट्रक जस्ता सवारी साधन आउँछन् । पाँचपोखरी, जटापोखरी यात्राको प्रबेश विन्दु अनि यस क्षेत्रको अन्तिम व्यापारिक केन्द्र पनि हो यो ।  हजारौं तिर्थयात्रिहरु हिड्ने पदमार्ग भए पनि गर्जाङका बाटाहरु त्यति वेवस्थित भने छैनन् । बाक्ला मकैबारीको डिलैडिल हिड्दा कहिले घरको आँगनमा पुगियो त कहिले भैसिको गोठ । हामि कहिले अरुलाई सोध्दै त कहिले तिर्थयात्रिहरुलाई पर्खदै अगाडि वढ्ने गर्छौ । ए बावु हो कता जान लागेको ? पोखरी हो ? बाटो त्यताबाट होईन , तलबाट हो तलबाट । एक जना वुढिआमाले कराएपछि फरक्क फर्केर कोदोबारी नै कोदोबारी तल झर्दा जिवन जि ले दिल जि लाई निकै गालि पनि गर्नुभयो जतापायो त्यतै हिड्ने भनेर । हुन पनि दिल जि को जिद्धिले गर्दा नै गलत बाटो हिड्दा बेकारमा आधि घण्टा खेर गएको थियो । अघिको टाईम मेकअप गर्नुपर्यो भन्दै फटाफट हिड्न थालियो । पुम्पाबाट हिडेको करिव २ घण्टा भैसकेछ । खाना खाने ठाँउ खहरे पुग्न अझै २ घण्टा लाग्ने अनुमान छ । खिम्तीखोलाको रफ्तार जस्तै किनारमा हाम्रा पाईलाका रफ्तार वढ्दो छ । ओइ साथिहो अगाडि हेर त । दिल जि एक्कासी कराउँदा एक पटक त झसंग नै भईयो । यसो हेरेको त एक जना महिला (पछि थाहा भो अनम्यारिड नै रहिछिन्) अघिअघि हिड्दै छिन् । दिल बहादुर जि लाई सकसक लागिहालेछ अगाडि बढ्ने सुरसार गरिहाल्नु भो । ओई बुडा यस्तो तिर लागियो भने ढिलो हुन्छ यार, फटाफट जानु भन्दा पनि बालै भएन नि यार बेलुका ढिलो भए जहाँ पुगिन्छ त्यही टेन्ट फिट गरौला भन्दै गफ लगाउन दौडि हाल्नु भो । खहरे पुग्दा सम्म उहाँको निकै घनिष्ठता वढिसकेछ क्या हो मोवाईल नं. को पनि आदानप्रदान भयो । हाम्रो भने बोलचाल नै भएन । दिल जि ले पछि भन्दै हुनुहुन्थ्यो त्यहीको एक विद्यालयको शिक्षिका हुन अरे अनि नाम चाहिँ बिना । हिजोको बहिनिको नाम पनि बिना नै थियो कस्तो संजोग खैर अनुहार भने ति विद्यार्थी बिना कै राम्रो थियो । खहरेभन्दा माथि राम्रो होटल छैन भनेर खाना त्यहि खाने कुरा भो । अर्डर दिएपछि मात्र तयार गरिने भएकोले केहि समय लाग्ने भयो । बिना जि पनि विद्यालयतिर गईसकेको हुनाले होटल मालिक गोम्बा बाउ संग गफ लडाउन लागियो । तारेको चौरिको छालामाथि बसेर वुढाले उहिलेका कुरा निकै ठाटिएर गर्न लागे । मैले २० वर्ष चौरी पाल्दा यो पहाडको सेरोफेरो सवै घुमेको छु । सय ओटा भन्दा वढि त मेरो बाख्राहरु र भेडाहरु नै थिए । आजकालको मान्छेले के काम गर्छ र ? ८० वर्षे वुढाको जोस उम्लदो थियो । छेउमै बसेका दिल वहादुर जि ले घिउ थप्ने काम गर्दै थिए । तपाई तेत्रो वर्ष लेकमा बस्नु भएछ । बनझाक्री, यति देखिएन त ? दिल बहादुर जि को हाईपोथेटिकल प्रश्नमा वुढा त झन पो जोसिएर  किन नहुनु यो हुन्छ हाम्रो पालामा कतिलाई बनझाक्रीले लगेको, यति पनि आँउथ्यो । मलाई पनि कयौं पटक तर्साको छ । तर मैले आखाँले नै चाहि देखेको छैन भन्दै बुढा पन्छिन खोजे पछि मैले वुझिहाले यो बुढाले ठुलै गफ हाने । बाटो भरिका जति चौरि गोठमा पसियो, बसियो प्राय सवै ठाँउमा बनझाक्री र यतिको कुरा उठेको थियो । अधिकांसले पहिला हुन्थ्यो अहिले हुदैन भन्ने तर्क राखे । मलाई पनि यो विषयले नझस्काको त हैन तर मेरो विज्ञानको अगाडि यि रहस्यहरु निरिह बने ।
खाना खाने मान्छेलाई अल्मल्याउ छ कि अहिले ? यहाँ पानि सार्दे ।  गोम्बा आमाले थर्काएपछि बुढा जुरुक्क उठेर पानि सार्न लागे अम्फोरामा । यो कुनै अचम्म थिएन शेर्पाहरुको चलन नै यस्तै हो मातृसतात्मक संस्कृति, उस्तै परे कुट्न समेत बेर लाउदैनन महिलाहरु । पदमचालको सोल्दार, गहुँको ढिडो नउनी घिउको चोईलीको विहानीको खाना पश्चात फेरी यात्रा सुरु भयो । गोम्बा वाउ कै घरमा भेटिएका छिरिङ भाईलाई पाँचपोखरीबाट च्छोरोल्पा निस्कने बाटो थाहा रहेछ । करिव ३ दिनको बस्तिविहिन अस्पष्ट चट्टानविचको कठिन यात्रा पश्चात हिमाल छिचोलेर बेदिङ पुग्न मन नलागेको त हैन तर मौशमको खराबी, समयको अभाव र तयारीको कमिले आँट आएन । मलाई यात्रामा निस्कन निकै रमाईलो लाग्छ । अझ कठिन यात्राले झन रोमान्चक बनाउछ । मेरो तथ्याङ्क अनुसार अहिले सम्म नेपालको ५५ जिल्ला घुमिसककेको छु । के हिमाल, के पहाड, पहाड के तराई प्रायमा मेरो पाईला परिसकेको छ । सगरमाथाको काखमा मात्र हैन, कैलालीको बस्तिमा समेत म पुगेको छु । मनाङ्ग र मुस्ताङको अलौकिक सौन्दर्य मात्र हैन, सौराहाको बाघ र गैडा समेत मेरा आँखाले देखेका छन् । कन्काईको पुल मात्र हैन कर्णालीको पुल पनि यि खुट्टाले टेकेका छन् । नेपालगञ्जको गर्मी मात्र होईन, पोखराको मच्छड पनि पचाएको छ यो ज्यानले । चाँडै नै म यो बाटो पनि हिड्नेछु, हिमाल छिचोल्नेछु र थोरङलाको ५४१६ मिटरको रेकर्डलाई तोड्ने छु । त्यती मात्र हैन एउटा राम्रो डकुमेन्ट्री बनाउने छु अनि दोलखाको पदयात्रामा नयाँ पदमार्गको विकास गर्नेछु । यो मेरो लक्ष्य हो ।
हाम्रो यात्राको सवैभन्दा कठिन समय अव सुरु हुदैछ । घ्वाङखोला खिम्ती खोलाको दोभान जहाँ हामि अहिले उभिरहेका छौं यहाँबाट करिब ५ घण्टाको ठाडो उकालो पश्चात मानेडाँडा पुगिन्छ । सायद पश्चिम नेपालको घनघस्या भन्दा पनि यो कठिन हुनुपर्छ । कालिन्चोक, गोसाईकुण्ड, च्छोरोल्पाका धेरै उकालोहरु काटे मैले तर पनि यो उकालो भयंकर लाग्छ । आज बाटोमा बाघभालु नभेटिएलान किनकी उकालो नै भरी हजारौ तिर्थयात्रिहरु लामबद्ध भएर एकनास संग हिडिरहेका छन् । भोक र तिर्खाले लखतरान हुदै फोक्टे पुग्दा आधा उकालो काटियो रे । फोक्टेको सानो गोठ भनौ वा सिजनल होटलमा ओच्छाएको ठिङ्ग्रे सल्लाका काचो स्याउला पनि आज आलिसान होटलका मखमल भन्दा कम छैनन् । दिल जि लम्पसार परेर मस्त संग निदाउनुभएको छ यसमाथि । जिवन जि र म अँगेनुको डिलमा आगोको राप लिदै छौं । अर्कोपट्टि डिलमा अधबैशे साउनी चाउचाउ पकाउने तरखरमा छिन् । केहि कुरा गर्न मन लागेको थियो, केहि सोध्न मन लागेको थियो तर उनिसंग फुर्सद छैन आज । चिसो दाउराको आगो फुक्दा फुक्दा उनको अनुहार रातो भैसकेको छ त्याँहाबाट उडेको खरानीले चाउचाउको पानि धमिलो बनाईसकेको छ । भनिन्छ भोजन भन्दा भोक मिठो नखानुको विकल्प छैन । घिन मान्ने कुरै भएन । चाउचाउ बाहेक अन्य खाना पनि पाईनेछैन ।
पानि बाक्लै परिरहेकोले हिडाई अलि सुस्त छ । साथिहरुले अलि वढि थकान महसुस गरिरहेका छन् । समयले नेटो काटिसकेको छ यद्यपी आजको गन्तव्य पुग्न अझै केहि घण्टा लाग्न सक्छ । बस्ने बासको ठेगान छैन, खाने गाँसको ठेगान छैन । भन्न त मेरो जिरीको साथि चन्द्रप्रकाशले हामिलाई छोडेर उकालोमा अघि वढेपछि हामि मिलाई राख्छौं, जसरी पनि आईपुग्नु भनेको थियो । त्यस्लै केहि ढुक्क थियो । तर पनि समय निकै ढिलो भईसकेकोले अन्यले ओगट्ने डर थियो । फेरी पाल हाल्नलाई पनि त केहि समय त चाहियो नि त्यै पनि यस्तो पानिमा । साथिहरुलाई छोडेर म अघि वढे बन्दोवस्तीका लागि । मानेडाँडा पुग्दा करिव ६ बजिसकेछ बेलुकाको । करिब ४÷५ चौरिगोठ होलान त्यो पाखामा । आज बाछा सहित चौरिहरु लखेटिएका छन पाखातिर अनि उनिहरुको स्थानमा छन् अटाईनअटाई मान्छेहरु । केहि काँचो धुपिका स्याउला र त्रिपाल तथा प्लास्टिकको ओतका अलवा अन्य सुविधा प्राप्त हुने छैन कसैलाई । म्याट्रिस, कम्वल आदिको आफै व्यवस्था गर्नेलाई केहि राहत मिल्ला नत्र हिमालबाट आउने चिसो स्याठले धेरैलाई सताउने छ । खानाका लागि बरु राम्रै व्यवस्था छ । ढिडो, भात, चाउचाउ छानिछानि खान पाईन्छ । हाम्रो लागि गोठमा खानाको व्यवस्था हुनेभए पनि सुत्नको व्यवस्था नहुने कुरा छिरिङ दाईले स्पष्ट भनिसकेका छन् । त्यसैले चन्द्रप्रकास र मैले छेवैको डाडामा पाल हालिसकेका छौं । जिवन जि र दिल जि पनि सासमात्र राखेर आईपुग्नु भएको छ । छिरिङ दाईलाई भ्याई नभ्याई छ व्यापार गर्न त्यसैले अगेनुको डिलमा बसेर हामि भिजेको सरिर सेकाउदै आफै पदमचालयूक्त रक्सी तताउदै पिउँदै छौं । दिनभरिको थकान अनि अत्याधिक चिसो यसको विकल्प अरु छैन । फेरी पदमचाल जिउ दुखेको निको हुने औषधी पनि हो । अधिकांस पाहुनाहरुलाई खाना खुवाईसकेपछि अलि फुर्सद भएकोले केहि जिज्ञासा राख्ने प्रयास गरयौ हामिले । पत्रकारिता क्षेत्रमा पनि केहि कलम चल्ने भएकाले यहाँको बारेमा केहि जानकारी लिनु उचित ठान्यौ । गौरिशंकर संरक्षण क्षेत्र देखि लिएर रेडपाण्डामात्र हैन बनझाक्री, यति सम्मका विषयमा कुरा भए । संरक्षण क्षेत्र बारेको प्रशंगमा छिरिङ दाई निकै कड्किए पनि । संरक्षण क्षेत्रले स्थानीयको हितमा केहि काम नगरेको बरु उल्टै स्थानीयको प्राकृतिक श्रोत साधन माथिको अधिकारलाई र पहुँचलाई संकुचित गरेकोले कुनै हालतमा गौरिशंकर संरक्षण क्षेत्रलाई सहयोग नगर्ने बरु यसको विरुद्ध कडा आन्दोलन गर्ने सम्मको आक्रोस मात्र पोखेनन् हामिलाई समेत संरक्षण क्षेत्रको बारेमा सत्यतथ्य वुझि मेडियामा प्रकाशण प्रसारण गर्न अनुरोध गरे ।  निकै रमाईला र गहकिला सन्दर्भ चलिरहेपनि समय अभाव र थकानका कारण यि बहसलाई विचमै छोडेर पालतिर लागियो । 
क्रमश ः    

Wednesday, September 19, 2012

जटापोखरी यात्राका सस्मरणहरु ..............

पहिलो  दिन 

“कञ्चन हिँउले चुलिएका गगनचुम्बी हिमालमात्र हैन, सुनौला धानका विशाल फाँटहरु पनि हाम्रै हुन । चट्टानै चट्टानका निर्जन कन्दरामात्र हैन, चटक्क परेका गराका वस्ती पनी हाम्रै हुन । स–सना पोथ्रामा चिरविराउने पंक्षीमात्र हैन, घना जंगलमा गर्जने बाघ पनि हाम्रै हुन । हिमाल पहाड र तराई जोड्ने अनगिन्ती नदिनालामात्र हैन, सुन्दर ताल तलैया पनि हाम्रै हुन । हाम्रो अनेक भाषा छ, हाम्रो विविध संस्कृति छ, फरक मुल्य मान्यता छ र पनि एक अर्कामा सद्भाव छ, सम्मान छ, अनेकता भित्र एकता छ । त्यसैले त गर्व गर्छु म नेपालको अनि नेपाली हुनुको ।”  
माथिका वाक्याँश जिरी लिङ्कन बजारबाट सल्लाघारीको नाकै ठोकिने ठाडो उकालो काट्दाको अनुभुति हो । जनैपुर्णिमाको अवसरमा मेला भर्न र त्याहाँका आर्कषक चल अचल तष्विरहरु आफ्नो क्यामेरामा कैद गर्न पाँचपोखरी जटापोखरी पदयात्रामा निस्केका हामी तिन जवानको (जिबन लामा, दिलबहादुर के.सी. र म) अवको करिव ५ दिन साउनको झरी अनि जुकाहरुको विचमा कठिन यात्रा हुनेछ । हाम्रो गन्तव्य टाढा छ, यो यात्रामा हामी थुप्रै अग्ला पहाड अनि अधिक उचाई पार गर्नेछौं, कयौं जंघार तर्नेछौं, सयौं बस्ती छिचोल्ने छौं । वर्षा याममा प्राय हुस्सु र कुहिरोले ढाक्ने भएपनि आज जिरीबाट उकालो लाग्दा थाप्लो पोल्ने घाम लागेको छ । सल्लाका बाक्ला पातहरुले पनि छेक्न सकेका छैनन् । हाम्रा पाईला एकनासले चल्न सकेका छैनन् । रक्सी खाएर लर्खराएको मान्छे जस्तै हल्लिदै चुपचाप लेउ लागेर चिप्लो भएको ठाडो उकालो चढ्दै छौं हामी । उकालो बाटो, प्रचण्ड गर्मी, पिठ्युँमा ठुलो रुकस्याक बोल्दा पनि स्वाँस्वाँ लाग्ने डर । यस्तो बेला प्राय म संगित सुन्दै हिड्न मन पराउँछु तर आज किन हो मन लागेको छैन त्यसैले त मनमा अनेकन कल्पनाहरु तरंगित भईरहेका छन् । करिव डेढ घण्टाको लगातारको उकालो बाटोमा हिडिरहँदा १५ मिनेट पनि वित्ता नवित्दै मेरो राष्टियताको कल्पनाले फड्को मारेर सुरा सुन्दरी तर्फ प्रबेश गरिसकेको थियो । म कल्पना गर्दै थिए आजको यात्रामा कोहि राम्री केटि भेटाए बाटो पनि सजिलै कट्थ्यो अनि गफ गर्न पनि मजा आउँथ्यो । सायद साथिहरुले पनि यहि सोचिरहेको हुनुपर्छ । किनकी मनोविश्लेशकका भनाईमा उमेरपुगेका केटाकेटिहहरुको दिमागमा प्राय यस्तै कुरा खेल्ने गर्छ रे । नभन्दै त्यस्तै भयो । भनिन्छ दैवले तँ आँट म पुरयाईदिन्छु भनेजस्तै भगवानले हाम्रो मनको कुरा सुनेजस्तै भयो । बहिनीको नाम के हो नि ? दिलबहादुर जि अलि बाठो मान्छे यस्तो मामिलामा प्रश्न तेर्साईहाल्नु भो । बिना उताबाट प्रतिउत्तर आयो । कतिमा पढ्छौं ? घर कहाँ हो ? जिरी के कामले आएको ? घरमा को को छन् । दिल बहादुर जि ले प्रश्नको लर्को नै लगाईदिनु भयो । मालिको डाँडामा आईपुग्दा सम्म हामि विच कुराकानीको क्रम निकै वढिसकेको थियो । कुराकानीमा सहजता महसुस भै सकेको थियो । मालिको भिरर्खक बस्ने उनि जे.टि.एस. मा दिदिलाई भेट्न आएकी रहिछिन् । उकालोमा संगै भएपनि ओरालोमा उनलाई भेट्न मुस्किल परिरहेको थियो हामिलाई । हुनत हामी पनि पहाडमा नै जन्मेको हुर्केको अनि यहिको पाखा पखेरोमा खेलेको तर पनि उनको पाईलालाई पछ्याउन निकै गारो भयो आज सायद ढाडको भारीले पनि हुन सक्छ । केहि अगाडी वढेर पर्खिन्थिन उनि अनि हामी उनि भएको ठाँउमा पुग्न लाग्दा फेरी अगाडि वढ्थिन । हामिलाई उनको यस्तो कृयाकलापले निकै रोमान्चित तुल्याईरहेको थियो । वास्तवमा उनि असाध्यै राम्रि थिईन अनुहार पनि सुन्दर, जिउडाल पनि मिलेको । उमेर पनि त्यस्तै १६÷१७ भन्दा वढि होईन ।  यात्राको क्रममा हामिले उनिलाई धेरै जिस्कायौं । जिस्काउदाँ उनि मुसुक्क हास्थिन मात्र यसले हामिलाई जिस्काउन थप उर्जा मिल्थ्यो । एलुङ सम्मको करिव २ घण्टाको बाटो हामिले जम्मा १ घण्टामा काटेका थियौं । हामीमात्र भएको भए सायद ३ घण्टामा पनि कोनी । वास्तवमै यो चिजमा कति शक्ति छ, हिड्न नसक्नेलाई दौडाउन सक्छ । थकानले लखतरान परेकालाई पुर्नताजगी प्रदान गर्छ, कायरलाई बहादुर बनाउन सक्छ, थला परेको विरामीलाई तङग्रयाउन सक्छ । खाजा खाने कुरा भो एलुङमा । उनलाई हामीले धेरै अनुरोध गरयौं तर उनि मानिनन् फटाफट बाटो लागिन । एकप्रकारले नरमाईलो अनुभुति भईरहेको थियो यद्यपी मिलन र विछोड जिन्दगिको नियम नै हो भन्दै चित्त बुझाईयो ।
 तिन खोलाको विचमा अवस्थित केहि सानो टार, अनि त्यस टारमा रहेको विद्यालय, स्तुपा, बौद्ध गुम्बा, र केहि ससाना होटलहरु बास्तवमै निकै आर्कषक छ एलुङ । यहिको विद्यालयमा पहिला मैले ३ वर्ष पढाएको छु । निकै रमाईला अनुभवहरु छ यहाँको । कहिले काँहि रमाईलो गर्दा गर्दै छर्लङ्ग रात काटेको क्षणहरु अझै पनि मानसपटलमा ताजै छन् । त्यसैले यो बाटो हिड्दा म मेरो विद्यालय र यहाँका होटलहरुमा एकपटक पस्नै पर्छ । हाई हेल्लो गर्नै पर्छ । हुन त आज निकै ढिलो भईसकेको छ, जिरी बाट हिड्दै धेरै ढिलो हिडेको तर पनि मेरो यो आदतलाई साथिहरुले नर्कान सक्नुभएन । माली र स्यामाको सिमानाको रुपमा रहेको स्यामा डिलमा पुग्दा झमक्कै साँझ परिसकेको छ । यलुङबाट यहाँ सम्मको उकालोको लागि हामिले डेढ घण्टा खर्चनुपर्यो । सायद अघिकि बहिनी भएकी भए १ घण्टा पनि लाग्दैनथ्यो होला । सामान्य हाँसो चलेथ्यो भन्ज्याङको चौतारीमा एकैछिन विश्राम गर्दा हामिविच । करिव १ घण्टा जंगलको बाटो निष्पट्ट अध्यारोलाई मोवाईलको सानो टर्चको प्रकाशले चिर्दै एउटा सानो चौतारीमा पुगियो । थाम्नै नसक्ने ओरालोमा चिप्लिएर कति लडियो त्यस्को केहि लेखाजोखा छैन । दिल बहादुर जि को त चप्पल पनि चुडिँएछ हातमा पो बोकेर ल्याउनु भएछ । बर्षाको समय जुत्ता लाउँदा भिजेर कामै नलाग्ने हुन्छ भनेर सवैले चप्पल लगाएर आएको झन पो वर्वाद भयो । एकातिर चिप्लने र हिलोमा गाडिने डर अर्कोतिर अध्याँरोमा सर्पले ठुङला भन्ने डर । वडो त्रासदिको विच बेलुकाको करिव ८ वजे तिर लखतरान परेर पुम्पा पुगियो । आजको हाम्रो बास यहि हो । गजाङढुङ्गा उ.मा.वि. का शिक्षक तथा मेरो साथि पदम सरले हाम्रो खाना बस्नको व्यवस्था त्यहीको एक शेर्पा दम्पतिको होटलमा गरिदिनु भएको रहेछ ।
क्रमश ः

Saturday, September 15, 2012

तपाई कोहि क्यानाडा जना चाहनुहुन्छ ??


Canada FSW Selection Grid (Proposed for Jan 2013)
Selection Factors
Points Awarded
Education Points
25
Doctoral level (Ph.D.)
25
Masters or Professional Degree
23
Two or more post-secondary credentials, one of which is a three-year or longer post-secondary credential
22
Three-year or longer post-secondary credential
21
Two-year post-secondary credential
19
One-year post-secondary credential
15
Secondary school
5
Work Experience Points
15
1 yr
9
2–3 yrs
11
4–5 yrs
13
6+ yrs
15
Age Points
12
18 to 35 yrs
12
36 years
11
37 years
10
Less one point per year
one point less
46 yrs
1
47 and over
0
Language Points
28
English Language Proficiency
24
IELTS (GT) Score – 6 in each band = 4 points each band totaling to 16
IELTS (GT) Score – 6.5 in each band = 5 points each totaling to 20
IELTS (GT) Score 7 in each band = 7 points each totaling to 24
French Language Proficiency
4
Arranged Employment:
10
In order to receive points for arranged employment, applicants will need to have a LMO from HRSDC, plus an indeterminate job offer. In some cases, applicants will be LMO exempt and will only require the indeterminate job offer. New measures, including introducing a labour market assessment and genuineness elements in the regulations, are expected to increase program integrity, improve labour market responsiveness, and streamline processing for employers.
10
Adaptability
10
Previous work in Canada by Principal Applicant in Occupation 0, A or B (minimum one year)
10
Previous study in Canada (Applicant or Spouse)
5
Arranged Employment
5
Language of Spouse (IELTS Minimum score 4 or more)
5
Relative in Canada
5
Required Passmark
67

Tuesday, June 26, 2012

जिरीबाट अल्पका लगियो .....


जिरीको प्रमुख पर्यटकीय आकर्षणको रुपमा रहेको जिरी बासा स्थित अल्पका फार्मबाट सबै अल्पका काठमाण्डौ लगिएको छ । अरनिको राजर्माग अन्तरगत जिरी बजारबाट ६ किमि दुरिमा रहेको उक्त अनौठो भेडा हेर्न दैनिकजसो दजर्नौ पर्यटकहरु उक्त स्थानमा आउने गर्दर्थे । उनका लागि पालिने अल्पकाको मुल्य एउटाको करिव २० लाख पर्दछ भने उनको प्रति किलो करिव २ लाख पर्ने गर्दछ । स्वीटजर्याण्डका वाल्टर स्टवले रिर्सोटका लागि किनेको उक्त जग्गामा विगत ६ वर्ष देखि जर्मनी नागरिकले लिजमा लिएर ५ ओटा अल्पका पाल्दै आएका थिए । उपचारका लागि काठमाण्डौ लगिएको र १५ दिनभित्र फेरी ल्याईसक्ने बताएको भएपनि अव फेरी ल्याउने सम्भावना न्यून रहेको अल्पका हेर्न खटार्ईएका एक चौकिदार निर बहादुर जिरेलले बताएका छन् । बासा–बुलडाँडा खानेपानी स्तरउन्नतीका लागि उपभोक्ता समितिले केहि रकम माग गरेकाले उक्त रकम नतिर्नका लागि त्यसो गरिएको हुनसक्ने उनले बताए । करिव १० लाख बराबरको खानेपानी स्तरउन्नती कार्य बुलुडाँडामा निर्माणाधिन अवस्थामा छ जसका लागि संस्थागत र व्यक्तिगत रुपमा केहि रकम उठाउने  निर्णय समितिले गरेको छ । प्राय युरोपको हिमाली क्षेत्रमा पालिने अल्पकाका लागि जिरीमा उपयूक्र्त हावापानी भएको र थप अल्पका ल्याई यहि उत्पादन समेत गरि व्यावासायिकरण गर्ने भनिएकोमा हाल भएकालाई पनि लगिएपछि स्थानीयबासी मात्र आश्चर्यमा परेका छैनन् स्वमं चौकिदारहरु समेत अनभिज्ञ छन् । अल्पका नरहेपछि जिरी आउने पर्यटकको संख्यामा केहि भएपनि कमि हुने स्थानीयबासीहरुको अनुमान रहेको छ ।

Sunday, May 13, 2012

जिरीमा कृषी पर्यटनको सम्भावना


सगरमाथाको प्रवेशद्वार, नेपालको स्वीट्जरल्याण्ड जस्ता उपनामहरुले राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा चर्चा हुने दोलखाको पर्यटकीय नगरी जिरी नेपालकै आर्कषक पर्यटकीय गन्तव्य मध्यमा पर्दछ । सर एडमन्ड हिलारी र तेन्जीङ नोर्गे शेर्पाले विश्वको सर्वौच्च शिखर सगरमाथाको पहिलो पटक सफल आरोहण गर्दा होस वा वरिष्ठ भौगर्भशास्त्रि टोनी हेगनले नेपालको चित्र कोर्दाको अवस्था होस, जिरीमा परेको उनिरहरुका पाईला र उनिहरुले गरेका जिरीको भौगोलिक वयानका कारण आजभन्दा करिव ६ दशक अगाडी देखि जिरीको नाम अन्तराष्ट्रिय क्षेत्रमा परिचित बनिसकेको थियो । त्यसपछिका दिनमा सगरमाथा चढ्न जाने क्रममा स्वीसले देखेर हुनसक्छ वा टोनी हेगनको नक्साले बोलेर हुन सक्छ, जिरी र ज्यूरिचकोे भौगोलिक भु–स्वरुप मिल्दोजुल्दो पाएपछि स्वीस सरकारले आजभन्दा करिव ३ दसक अगाडी जिरीमा विकास निर्माणको मुल फुटाई यस क्षेत्रको कायापलट गरिदिएको थियो त्यसपछि जिरीको पर्यटनमा व्यापारीक पर्यटनको अर्को आयाम थपिएको थियो । तात्कालीन राजा महाराजा तथा राष्ट्रपति, प्रधानमन्त्री, राजदुत लगायत राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रका उच्च ओहोदाका अधिकारीहरुको बारम्बारको भ्रमणले समेत यस क्षेत्रको पर्यटन विकासलाई उल्लेखनीय रुपमा सघाएको कुरालाई नर्कान सकिन्न ।  यिनै चर्चा परिचर्चाका कारण देशी विदेशीहरुको मानसपटलमा रहेको अमिट छापका जगमा आजसम्म पनि जिरीको पर्यटन टिकिरहेको छ ।  
समय गतिशिल हुन्छ, परिस्थिति बदलिदै जान्छ । द्रुत गतिमा वढिरहेका विकासक्रमहरुसंगै संकुचित पर्यटनका परिभाषा तथा कृयाकलापहरु आज फराकिलो भएको छ । जिरीबाट अन्य गन्तव्यतर्फ सडक विस्तार तथा यस आसपासका अन्य क्षेत्र समेत व्यापारीक दृष्टीकोणले सक्षम भईसकेको अवस्थामा सगरमाथाको प्रवेशद्वार र नेपालको ज्यूरिच मात्र भनेर प्रचार गरी पर्यटक तान्ने पुरानो पर्यटन शैलीले अवको जिरीमा पर्यटन व्यवसाय चल्न सक्दैन । पर्यटनक्षेत्रमा जिरीले कमाएको मान, प्रतिष्ठा र ईज्यतलाई जोगाउन मुस्किल परिरहेको वर्तमान अवस्थामा यसको थप प्रर्वधनको लागि वहुआयामिक विकल्पहरु खोज्नु जरुरी भईसकेको छ । पर्यटकलाई खाने र बस्ने होटल व्यवसायमा मात्र सिमित रहेको जिरीको पर्यटन व्यवसायमा परिमार्जन गरि वृहत्तर क्षेत्रमा विस्तार गर्नुर्पछ जसले धेरै भन्दा धेरै स्थानीय वासीहरुले लाभ पाउन सकुन । यसै सन्दर्भमा जिरीमा कृषी पर्यटनको वारेमा यहाँ छोटकरीमा चर्चा गरिएको छ जुन जिरीको आगामी पर्यटन विकासको लागि कोशेढुङ्गा सावित हुन सक्दछ ।
पशुपालन, खेतिपाती जस्ता विविध कृषीजन्य कृयाकलापको माध्यामबाट पर्यटकलाई मनोरन्जन प्रदान गर्नु, उनिहरुलाई यस्ता कृयाकलापमा प्रत्यक्ष सहभागी गराउनु, तथा अध्ययन, अनुसन्धान र अवलोकन गराई शिप, क्षमता र ज्ञानको विकास गर्नु नै कृषी पर्यटनको मुलभुत शिद्धान्त हो । यस प्रकारको पर्यटनबाट श्रोत र साधनको अधिकतम प्रयोग हुनेहुदा समग्र आर्थिक सामाजिक उन्नती सम्भव भएकाले हाल विश्वमा निकै लोकप्रिय बन्दै गईरहेको छ । समुन्द्री तटमा पालिएका माछाहरु, ठुला ठुला फाँटमा रोपिएका धान गहँुहरु, फलफुल बगैचा आदि विश्वका लोकप्रीय कृषी पर्यटनका गन्तव्यहरु हुन । यसबाट पर्यटकले ताजा, स्वच्छ स्वाद मात्र हैन अलौकिक दृष्यपानको अनुभव पनि प्राप्त गर्नसक्छन् । जिरीमा पनि कृषि पर्यटनको अथाहा सम्भावना रहेको छ यो अवस्थाको सहि सदुपयोग गरि बैज्ञानिक ढंगले व्यावसायीक कृषी पर्यटनको सुभारम्भ गर्न सकियो जिरीको पर्यटनमा नयाँ आयाम मात्र हैन जिरीलाई हेर्ने पर्यटकीय दृष्टीको कोण समेत परिवर्तन गरिदिन सक्छ । प्रस्तुत लेखमा जिरीमा कृषीपर्यटनका सम्भावना बोकेका केहि क्षेत्रहरुलाई समेट्ने प्रयास गरिएको छ । यहाँ उल्लेख गरिएबाहेक पनि जिरीमा कृषी पर्यटनका अन्य सयौं विकल्पहरु हुनसक्छन् तिनिहरुको समेत खोजी, पहिचान र विकास हुनु जरुरी छ ।
१. हिल अर्थोडक्स चियाखेति ः
नेपालको करिव ७०% पहाडी क्षेत्र हिल अर्थोडक्स चिया उत्पादनको लागि उपयूत्र्त भनिएपनि करिव १८०० मि. देखि २३०० मि. उचाई सम्म राम्रो उत्पादन दिने गरेको छ । उत्पादित चिया मध्ये करिव ९०% प्रतिशत जर्मनी, लगायतका युरोप तथा अमेरीकामा निर्यात हुने गर्दछ जहाँ यसको मुल्य लगभग ८५ अमेरिकी डलर प्रति के.जी. पर्दछ । हिल अर्थोडक्स चियामा फ्लोरिन तत्वको मात्र वढी हुनेभएकाले यसको प्रयोगले दाँत र गिजा मजबुत वनाउने बैज्ञानीकहरुको भनाई छ । यो चियाको नियमित प्रयोगले स्मरणशक्ति वढाउनुको साथै प्रतिरक्षा प्रणाली समेत मजबुत बनाउने भनिएको छ । उच्च मुल्य  र बहुउपयोगि गुण भएको हिल अर्थोडक्स चियाको जिरीमा व्यावसायीक उत्पादन गर्न सक्ने प्रचुर रहेको छ । चियालाई चाहिने तापक्रम, आद्रता, ओश, माटो आदि जिरीको भौगौलिक, जलावायु अनुरुप सुहाउने किसिमको रहेको छ । यसमा केहि कृषकहरुले सफलता समेत प्राप्त गरिसकेका छन् । जिरीका अधिकांस खाली जग्गामा मात्र हैन अन्य खेतिबाली राम्रो उत्पादन नहुने क्षेत्रहरुमा समेत यसको व्यावसायिक खेति गर्न सके विक्रिवितरणबाट प्रत्यक्ष फाईदा त हुन्छ नै मनमोहक चिया बगानको दृष्यपान गराई ईलाम र दार्जिलिङ्गको जस्तो पर्याप्त पर्यटक समेत भित्राउन सकिन्छ । कलङ, खरायोबन, सिक्री, सिजेल, कुने, रातमाटे, वोद्ले, ढुङ्गे, दुदुले, गोम्फालुङ, भण्डार, अस्तला, पात्ले, यार्सा, चेप्टे, वासा लगायतका स्थानहरुमा हिल अर्थोडक्स चियाको सफल खेति गर्न सकिन्छ ।
२. रेन्वो ट्राउट माछा पालन ः  
प्रसान्त महासागरीय क्षेत्र तथा उत्तर अमेरीकामा पाईने यो माछालाई आजकाल विभिन्न देशमा आयात गरि उत्पादन सुरु गरिएको छ । नेपालमा यसको व्यावसायीक खेति रसुवा र नुवाकोट जिल्लामा सुरु भईसकेको छ । विदेशमा खाद्य र खेल दुवैमा प्रयोग गरिने रेन्बो ट्राउट माछामा उच्च प्रोटिनको मात्रा रहेको हुन्छ । यसको मासुमा पाईने हेपारिन भन्ने ईन्जाईमले घाउ चोट लाग्दा रगत बग्न नदिई जम्न मद्धत गर्दछ । ण्ड्ढऋ देखि ज्ञण्ड्ढऋ तापक्रम सम्म बाँच्न सक्ने यो माछाले ज्ञण्ड्ढऋ देखि द्दण्ड्ढऋ तापक्रममा अधिकतम उत्पादन दिने गर्दछ । करिव ७०० देखि ८०० रुपैयाँ प्रति के.जी. बजारभाउ रहेको रेन्बो ट्राउट माछाको उत्पादनको लागि करिव २०० देखि ३०० रुपैयाँ प्रति के.जी.खर्च लाग्ने कृषकहरुको भनाई छ । जिरीको शन्दर्भमा माछालाई चाहिने तापक्रम र यस भेगको तापक्रम उस्तै भएकोले राम्रो व्यावसायीक खेति गर्न सकिने सम्भावना रहेको छ । लगातर बगिरहने पानीको श्रोत भएको स्थानमा यस व्यावसायबाट राम्रो फाईदा कमाउन सकिन्छ भने पोखरीमा सुन्दर माछाहरु खेलिरहेको दृष्यले पर्यटकहरुलाई आर्कषण गरि जिरीको पर्यटन विकासमा टेवा पु¥याउन सकिन्छ । जिरी खोला तथा सिक्रि खोलाका किनारहरु रेन्बो ट्राउट माछा पालनको लागि उपयूक्र्त स्थानको रुपमा लिन सकिन्छ ।
३. चौरीपालन व्यावसाय ः
हिमालयका उच्च पहाडी भुभागहरुमा निकै सफल व्यावसायको रुपमा रहेको याक तथा चौरीपालन नेपालमा पनि करिव २५०० मिटर भन्दा माथि ५००० मिटर सम्म व्यावसायिक पालन गरिन्छ । याक तथा चौरीको दुधवाट उत्पादित चिज, घिउ, छुर्पीको राम्रो राष्ट्रिय अन्तराष्ट्रिय बजार हुनुका साथै यसको रौंबाट उत्पादित वस्तुहरु तथा सिङको पनि राम्रो पर्यटकीय महत्व रहेको छ । जिरीको गैरी, गुराँसे, हनुमन्ते, ठुलोनागी, ग्वाथे, रेक्चेन, काप्ती, क्याङसे, लगायत च्योर्दोङ आसपासको क्षेत्रलाई चौरी पकेट क्षेत्र निर्धारण गरि यो व्यावसाय व्यवस्थित रुपमा सन्चालन गरिएमा चौरीगाईबाट हुने फाईदा त छदै छ, छरिएर चरिरहेका चौरीसंग प्रत्यक्ष साक्षात्कार गर्ने पर्यटकको अभिलासा समेत पुरा हुन्छ भने यस क्षेत्रको अन्य प्राकृतिक तथा धार्मिक पर्यटकीय गन्तव्यहरुको समेत प्रचार प्रसारमा सहयोग पुग्छ । 
४. सिताके च्याउ खेति ः
च्याउ खेतिमा एसियामा सवैभन्दा वढि तथा विश्वको दोश्रो स्थानमा पर्ने सिताके च्याउको खेति जापानमा सवैभन्दा वढि गरिन्छ । यस च्याउको लागि ज्ञछड्ढऋ तापक्रम उपयूक्र्त हुन्छ भने सल्ला प्रजातीका रुखका मुढाहरु जस्तै रानी सल्ला, ठिङ्ग्रे सल्ला, धुपी सल्ला आदि राम्रो मानिन्छ । २५ देखि ५० डलर प्रति के.जी अन्तराष्ट्रिय बजार मुल्य रहेको यो च्याउले एक वर्षमा दुई पटक सम्म उत्पादन दिन सक्छ । यस च्याउको प्रयोगबाट हेपाटाईटिस, क्यान्सर जस्ता रोगहरुको संक्रमनबाट मानिसलाई जोगाउने तथ्य फेला परेको छ भने यसमा रहेको एक प्रकारको प्रोटिनले भाईरस तथा टयूमरको वृद्धिलाई रोक्ने बतार्ईएको छ । साथै यो च्याउको प्रयोगबाट सरिरमा कोलेस्ट्रोलको मात्र घट्ने हुनाले यो मुटु सम्बन्धि समस्या भएकाहरुका लागि समेत राम्रो मानिन्छ । यस्तो बहुउपयोगि सिताके च्याउको जिरीमा पनि राम्रो व्यावसायिक खेति गर्न सकिन्छ । यो च्याउको लागि चाहिने तापक्रम, आद्रता मात्र हैन यसलाई रोप्न आवश्यक रुखका मुढाहरु समेत प्रसस्त छन् । सामुदायिक बनमा ढलेर कुहिरहेका ठिङ्ग्रेका मुढाहरुको सदुपयोग गरी सिताके च्याउको औधोगिक उत्पादन गर्न सकिएमा देश विदेशमा निर्यात गर्न सकिन्छ भने पर्यटकहरुका लागि नेपालकै पहिलो सिताके च्याउको प्रदशनी साईटको रुपमा जिरीलाई विकास गर्न सकिन्छ ।
५. अर्गेली तथा लोक्ता खेति ः
अन्तराष्ट्रिय बजारमा विशेष गरि जापानमा अत्याधिक माग भईरहेको अर्गेली र लोक्ताबाट उत्पादित  नेपाली कागज तथा तथा त्यसबाट बनेका अन्य सामाग्रीहरुको निकै राम्रो मुल्य रहेको छ । जिरीको उपयूक्र्त वातावरणका कारण यहाँका जंगलहरुमा आफ्से आफ हुर्किरहेका छन् । तथापी यसको व्यावसायीक रुपमै उत्पादन गर्न सकेमा अझ वढि लाभ जिरीले लिन सक्नेमा दुईमत छैन । यहि सत्यलाई मध्यनजर गरि दोलखा उद्योग वाणिज्य संघले समेत जिरीलाई लोक्ता पकेट क्षेत्र घोषणा गरि लोक्ता संरक्षण कार्यक्रम अगाडि वढाईरहेको छ । यहाँको सामुदायिक तथा निजि बनक्षेत्र तथा बाँजो जमिनहरुमा अर्गेली तथा लोक्ता रोपन गरिएमा आर्थिक, सामाजिक, पर्यावरणीय तथा पर्यटकीय दृष्टिकोणले समेत फलदायी हुने देखिन्छ । बनैभरी फुल्ने लोक्ता तथा अर्गेलीका रंगीविरंगी फुलहरुले पर्यटकहरुलाई समेत राम्रै आकर्षण गर्न सक्दछ ।
 
माथि उल्लेखित क्षेत्रहरु त केहि उदाहरण मात्र हुन । यस्ता कृषीपर्यटनका सम्भावना बोकेका क्षेत्रहरु अरु पनि धेरै छन् जस्तै व्यावसायीक आलु खेति, अर्गानिक तरकारी खेति, फलफुल खेति आदि । रासायनिक मल तथा किटनासक औषधीको प्रयोग गरि कुनै अन्नमात्र उत्पादन गरियो भने मात्र पनि त्यसको महत्व छुट्टै हुन्छ । यहाँको उत्पादनले अर्गानिक ब्राण्ड पाउन सक्छन् र कुनै दिन जिरीलाई अर्गानिक भिलेजको उपनामले नचिनिएला भन्न सकिन्न । कृषी पर्यटनको माध्यामबाट जिरीमा फेरी पनि लाखौं पर्यटक भित्राउन हामि सफल हुनेछौं जसले जिरीको पर्यटन विकासमा नयाँ छलाङ मार्नेछ ।