Wednesday, April 18, 2012

जिरेल जातीमा जलवायू परिवर्तनका असरवारे अध्ययन सुरु

जिरेल जातीमा जलवायू परिवर्तनका असरवारे अध्ययन सुरु

विश्वका पर्वतीय देशहरुमा वातावरण तथा विकास सम्वन्धि अध्ययन अनुसन्धान गर्दै आएको एकिकृत अन्तराष्टिय पर्वतीय विकास केन्द्र (ईसिमोड) ले विश्व बैंकको सहयोगमा नेपाल जिरेल महासंघ संग समन्वय गरि जिरीका आदिवासी जिरेल जातीमा जलवायु परिवर्तनका कारण परेका असरहरु तथा उनिहरुले यसका विरुद्ध अवलम्वन गरेका अनुकुलनका उपायहरुका बारेमा खोजमुलक अध्ययन प्रारम्भ गरेको छ । विश्वमा रहेका आदिवासीमा जलवायु परिवर्तनका असरहरुको अध्ययन गर्ने विश्व बंैकको अवधारणा अनुरुप नेपालमा रहेका ६८ जनजाती मध्ये ईसिमोडले यस्तो कार्यक्रम जिरीको जिरेल र चितवनको चेपाङ जातिमा संचालन गर्न लागेको हो । जिरेलका सम्वन्धमा आगामी २ महिना सम्म जिरी स्थित जिरेलहरुको आदि थलो सिक्रीमा अध्यययन केन्द्रित रहने छ । सिक्रीमा रहेका २० घरधुरीलाई छनौट गरि सहभागीतमुलक एच्ब् तरिका अपनाई सुचना संकलन गरिने ईसिमोडका कार्यक्रम संयोजक डा. नानीराम सुवेदीले वताउनुभयो । घरधुरी सर्वेछनका अलवा ४,५ ओटा समुह बनाई छलफल गरिने तथा पुराना उमेर समुहका व्यक्तिहरुलाई प्रतिनिधिमुलक रुपमा छनौट गरि अन्तरर्वाता लिने कार्यक्रमको बनावट रहेको उहाँले बताउनुभयो । विविध तरिकाबाट संकलन भएका सुचनाहरुलाई अध्ययन गरि ईसिमोडले आगामी ६ महिना भित्र घटना अध्ययन (ऋबकभ क्तगमथ) बनाई विश्व बैंकलाई बुझाउने कार्यक्रम रहेको सुवेदीले जानकारी दिनुभयो ।
प्रारम्भीक चरणमा जिरीका जिरेल र लामीडाँडाको थामी मध्ये कहाँ अध्ययन गर्ने सम्वन्धमा निकै वहस चलेको उल्लेख गर्दै सुवेदीले यातायातको सुविधा, स्थानीय संगको चिनाजानी तथा केहि महिना अघि जिरीमा VACA ( Vulnerability Assessment and Capacity Assessment) कार्यक्रम समेत सम्पन्न भएको परिपेक्षमा जिरीलाई छानीएको वताउनुभयो । यसैको प्रारम्भीक अध्ययनका लागि ईसिमोडबाट करिव १ महिना अगाडी १२ भन्दा वढि देशका प्रतिनिधिहरुलाई जिरीमा अध्ययनका लागि आएका थिए । जिरी जस्तै विश्वका अन्य क्षेत्रहरुवाट प्राप्त भएका घटना अध्ययनका आधारमा विश्व बंैकले जलवायु तथा आदिवासी सम्वन्धमा आफ्नो कार्यक्रम बनाउने हुँदा यसको प्रत्यक्ष फाईदा जिरीका जिरेल जातिमा पुग्न सक्ने कार्यक्रम संयोजकले वताउनुभयो साथै अध्ययन पश्चात बन्ने डकुमेन्टको आधारमा अन्य सरकारी तथा गैर सरकारी निकायले समेत जिरीमा थप अध्ययन र अनुसन्धान गरी जलवायु परिर्वतनका विरुद्ध प्रभाव न्यूनीकरणका विविध कार्यक्रमहरु ल्याउन सक्ने उहाँले बताउनुभयो ।
अध्ययन पश्चात आएको नतिजालाई डकुमेन्टेसन गर्नुपूर्व स्थानीय स्तरमा अन्तरक्रिया गरिने कार्यक्रमको लक्ष्य रहेको छ । स्थानीयले आएको रिर्पोटमा सर्मथन गरेपछि मात्र आफुहरुले अगाडी प्रक्रिया वढाउने सुवेदिले जानकारी दिनुभयो ।

Tuesday, April 17, 2012

जिरी महोत्सवमा ६० लाख वरावरको कारोवार

जिरी महोत्सवमा ६० लाख वरावरको कारोवार

दोलखाको जिरी सगरमाथाको प्रवेशद्धार, प्रकृतिको काखमा मौलिक उत्पादनको उपहार भन्ने मुल नारा सहित आयोजना गरिएको जिरी महोत्सव २०६८ यहि चैत्र १९ गते सम्पन्न भएको छ । तिन दिन सम्म चलेको उक्त महोत्सवमा करिव ३० हजार मानिसले अवलोकन गरेको जसमध्ये १०० जना भन्दा वढि विदेशी पर्यटकहरु रहेको आयोजकले वताएको छ । महोत्सवको अवसरमा जिरीमा करिव ५० लाख वरावरको कारोवार भएको स्थानीय व्यापारीहरुले अनुमान गरेका छन् । जिरी महोत्सवको अवसरमा कार्यक्रम स्थलमा राखिएका करिव ३० ओटा स्टलमा मात्र लगभग ६ लाख वरावरको कारोवार भएको जसमा मौलिक उत्पादनहरुको व्यापार प्रमुख रुपमा रहेको महोत्सवका संयोजक तथा दोलखा उद्योग वाणिज्य संघ जिरी साखाका अध्यक्ष मधुकुमार कार्कीले वताएका छन् । नेपाली कागजवाट उत्पादित वस्तुहरु, बेमौसमी फलफुल तथा अन्य मौलिक खाद्य परिकारहरुमा अवलोकनकर्ताको विशेस भिड रहेको थियो । जिरेल जातीका युवतीहरुले चलाएको जिरीकोे विशेस पेय पर्दाथ सिल्मा स्टलमा मात्र करिव ४० हजार वरावरको व्यापार भएको संचालकले वताएका छन् । त्यस्तै नेवारी परिकार तथा क्याफेहरुले समेत महोत्सव अवधीभरी राम्रै व्यापार गरेका छन् । महोत्सव स्थलमा मात्र हैन, महोत्सवले बजार क्षेत्रमा समेत राम्रै व्यापार गराएको छ । जिरीका अधिकांस होटल तथा लजहरु महोत्सव अवधिभर खचाखच भरिए । चरिकोट लगायत मैनापोखरी आदि स्थानबाट महोत्सवमा आएका कतिपय आन्तरीक पर्यटकहरुले होटल नपाएर रातारात समेत फर्कनुपरयो । जिरीको स्तरीय होटलहरु मध्येको एक होटल जिरेल ग्याविलाले महोत्सव अवधिभर करिव १ लाख वरावरको व्यापार गरेको होटलका संचालक केशर कुमार जिरेल ले वताएका छन् । त्यस्तै होटल जिरी भ्यूले पनि करिव ५० हजार वरावरको कारोवार गरेको संचालक टंक वहादुर जिरेलले वताएका छन् । महोत्सवकै अवसरमा होटल नमस्तेले करिव डेढ लाख वरावरको व्यापार गरेको छ । जिरीमा रहेका करिव एक दर्जनभन्दा वढि स्तरीय होटलहरुले राम्रै व्यापार गरेको संचालकहरुको प्रतिक्रिया रहेको छ । स्तरीय होटलहरुमात्र हैन सामान्य होटल तथा चिया खाजा पसलहरुले समेत उल्लेखनीय व्यापार गरेका छन जिरी महोत्सवमा । जिरी वसपार्क स्थित सोलुखुम्वु मःमः पसलका सन्चालक छिरिओङमु शेर्पाका अनुसार तिन दिनमा करिव १ लाख वरावरको मःमः, चाउमिन लागएतका खाजा विक्रीभएको वताएकी छिन् । खानाका परिकार मात्र हैन महोत्सवले अन्य दैनिक प्रयोजनका सामाग्री तथा खुद्रा सामाग्रीहरुको कारोवारमा समेत वृद्धि गरेको पसलेहरुले वताएका छन् ।
महोत्सवको प्रमुख आकर्षणको रुपमा रहेको क्याम्प फायर तथा टेन्ट क्याम्प मौषमको प्रतिकुलताका कारण सम्भव नभएपछि करिव ३ लाख रुपैयाँ वरावर आयोजकलाई घाटा भएको छ । २ सय जना सहभागीलाई रात्रीकालिन टेन्ट क्याम्पमा राख्ने योजना अनुरुप १०० ओटा टेन्ट, स्लीपिङ व्याग तथा अन्य बन्दोवस्तीका सामानहरु झिकाईएको थियो । टेन्ट क्याम्प सम्भव नहुँदा जिरीका होटलहरुलाई भने फाईदा पुगेको थियो ।

Monday, April 16, 2012

जिरीखोला साना जलविद्युत आयोजनाको लागत २५ प्रतिसतले वृद्धि


जिरीखोला साना जलविद्युत आयोजनाको लागत २५ प्रतिसतले वृद्धि

जिरी गाविसमा निमार्नाधिन २=४ मेघावाटको जिरीखोला साना जलविद्युत आयोजनाको लागतमा करिव २५ प्रतिसतले वृद्धि हुने भएको छ । करिव ३२ करोडको अनुमानित लागत रहेको यस आयोजनाको लागत अव साढे ४२ करोड रुपैयाँ पुगेको आयोजनाले वताएको छ । गत विहिवार आयोजनाको निर्माण गरिरहेको बोजिनी कम्पनी प्रा.लि.ले सम्पन्न गरेको सार्वजानिक सुनुवाईमा कम्पनीका प्रवन्ध निर्देशक यज्ञ प्रसाद सुवेदीले निर्माण सामाग्री तथा ढुवानी खर्चमा मुल्य वृद्धि भएको कारण आयोजनाको लागत वढ्न गएको जानकारी दिनुभयो । यसै वर्षको असार मसान्त सम्म विद्युत उत्पादन गरिसक्नु पर्ने नेपाल सरकार उर्जा मन्त्रालयसंग सम्झौता भएको भएतापनि कम्पनीले उक्त समयभित्र कार्यसम्पन्न गर्न नसक्ने निश्चित भएको छ । तोकिएको समयमा कार्यसम्पन्न नहुदाँ आयोजनाले थप व्यभार वेर्होनु पर्ने भएको छ । निर्माण कार्य ढिला भईरहेको प्रति जिरी सिक्री सरोकार समिति  तथा स्थानीय वासीले उठाएको जिज्ञासाको निकै चतुर र कुटनैतिक जवाफ दिएका सुवेदीले आगामी असार मसान्त भित्र सिभिलका सम्पूर्ण कार्य पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । आयोजनाको सम्पूर्ण काम यति नै समयमा पुरा हुन्छ भन्न नसकीने वताउदै उहाँले हाईडो मेकानिकल तथा ईलेक्टोमेकानिकलका सामान तथा जडानमा विदेशी सामाग्री तथा प्राविधिकहरु चाहिने भएकाले केहि समय अझै लाग्ने वताउनुभयो । आफुहरुले आयोजनाको लागत घटाउन हरसम्भव प्रयास गरिरहेको र सोहि अनुरुप आयोजनाको डिजाईनमा समेत केहि परिवर्तन गरिरहेकाले पनि आयोजना ढिलो हुन गएको वताउनुभयो । ठेकेदारहरुको वारम्वारको परिवर्तनले गर्दा आयोजना ढिलो भईरहेको हो भन्ने प्रश्नमा सुवेदीले ठेकेदारहरुले राम्रो काम नगरेको तथा प्रयाप्त मात्रामा कामदारहरु लगाउन नसकेकोले आयोजना ढिलो हुने डरले परिवर्तन गरिएको वताउनुभयो । स्थानीयवासी तथा सरोकार समितिलाई आयोजनाको काम कारवाहीको वारेमा थाहा नदिएको असन्तुष्टि पोखेका सरोकार समितिका अध्यक्ष केशव कुमार कार्कीको सवाललाई घुमाउरो पारामा जसले लगानी गर्छ उसलाई मात्र थाहा पाउने हक रहेको वताउनु भयो । पहिले लगानी गर्न अनि वोर्डमा समावेस भई आवाज उठाउन समेत उहाँले चुनौति दिनुभयो । विना लगानी अधिकार खोज्न नहुने समेत जिकिर गर्नुभयो । सार्वजानीक सुनुवाईमा प्रस्तुत कम्पनीको खर्च विवरण अनुसार ३२ करोड ४६ लाख रुपैयाँ आयोजनामा खर्च भईसकेको छ । जसमा बैंकको २ करोड ३२ लाख रुपैयाँ समेत समावेस गरिएको छ । जसमध्ये करिव सवा २० करोड बैंकले ऋण लगानी गरेको र पौने १२ करोड लगानीकर्ताहरुको रहेको जनाईएको छ । सम्झौताको सुरुमा बैंक ऋण र शेयर लगानी ७०ः३० प्रतिशतको अनुपातमा हुने भनिए पनि ज्योति विकास बैंकले कबोल वरावरको रकम उपलव्ध गराउन नमाने पछि लागानी आधा आधा अर्थात ५० ः ५० प्रतिशतमा झरेको छ ।
विद्युत उत्पादन पश्चात आयोजनाले वार्षिक ७ करोड ५७ लाख रुपैयाँ आम्दानी गर्ने जसमा वार्षिक ४ करोडका दरले लगातार ८ वर्षसम्म बैंकको किस्ता तिरीसक्ने योजना अनुरुप पहिलो ८ वर्षमा सम्पूर्ण खर्च कटाएर वार्षिक २ करोड ३० लाख (१० प्रतिशत मात्र आम्दानी रहने निर्देशक सुवेदीले वताउनुभयो । तथापी ऋण चुक्ता भईसकेपछी भने अन्य खर्च कटाएर वार्षिक ४० प्रतिसतले नाफा हुने उहाँले वताउनुभयो ।
स्थानीय सर्वसाधरणको शेयर सम्वन्धी जिज्ञासामा सुवेदीले स्थानीयले निर्माणकार्य भईरहेको बेला होस वा विजुली उत्पादन हुने वेला जुनसुकै बेला शेयर हाल्न सक्ने वताउनुभयो । सामाजिक क्षेत्र सुधारका कार्यक्रमका लागि कम्पनीले करिव २८ लाख रुपैयाँ छुटाएको जसमध्ये करिव १६ लाख वरावरको काम गरिसकेको दावि कम्पनीको छ । तथापी आयोजनाको लागत वढिरहेको अवस्थामा अहिलेको लागतको अनुपातमा १ प्रतिशत बरावर ४२ लाख पुग्न जाने हुनाले सोही रकम वरावरको सामाजिक क्षेत्र सुधारमा आयोजनाले काम गर्नुपर्ने देखिन्छ ।