Tuesday, April 17, 2012

जिरी महोत्सवमा ६० लाख वरावरको कारोवार

जिरी महोत्सवमा ६० लाख वरावरको कारोवार

दोलखाको जिरी सगरमाथाको प्रवेशद्धार, प्रकृतिको काखमा मौलिक उत्पादनको उपहार भन्ने मुल नारा सहित आयोजना गरिएको जिरी महोत्सव २०६८ यहि चैत्र १९ गते सम्पन्न भएको छ । तिन दिन सम्म चलेको उक्त महोत्सवमा करिव ३० हजार मानिसले अवलोकन गरेको जसमध्ये १०० जना भन्दा वढि विदेशी पर्यटकहरु रहेको आयोजकले वताएको छ । महोत्सवको अवसरमा जिरीमा करिव ५० लाख वरावरको कारोवार भएको स्थानीय व्यापारीहरुले अनुमान गरेका छन् । जिरी महोत्सवको अवसरमा कार्यक्रम स्थलमा राखिएका करिव ३० ओटा स्टलमा मात्र लगभग ६ लाख वरावरको कारोवार भएको जसमा मौलिक उत्पादनहरुको व्यापार प्रमुख रुपमा रहेको महोत्सवका संयोजक तथा दोलखा उद्योग वाणिज्य संघ जिरी साखाका अध्यक्ष मधुकुमार कार्कीले वताएका छन् । नेपाली कागजवाट उत्पादित वस्तुहरु, बेमौसमी फलफुल तथा अन्य मौलिक खाद्य परिकारहरुमा अवलोकनकर्ताको विशेस भिड रहेको थियो । जिरेल जातीका युवतीहरुले चलाएको जिरीकोे विशेस पेय पर्दाथ सिल्मा स्टलमा मात्र करिव ४० हजार वरावरको व्यापार भएको संचालकले वताएका छन् । त्यस्तै नेवारी परिकार तथा क्याफेहरुले समेत महोत्सव अवधीभरी राम्रै व्यापार गरेका छन् । महोत्सव स्थलमा मात्र हैन, महोत्सवले बजार क्षेत्रमा समेत राम्रै व्यापार गराएको छ । जिरीका अधिकांस होटल तथा लजहरु महोत्सव अवधिभर खचाखच भरिए । चरिकोट लगायत मैनापोखरी आदि स्थानबाट महोत्सवमा आएका कतिपय आन्तरीक पर्यटकहरुले होटल नपाएर रातारात समेत फर्कनुपरयो । जिरीको स्तरीय होटलहरु मध्येको एक होटल जिरेल ग्याविलाले महोत्सव अवधिभर करिव १ लाख वरावरको व्यापार गरेको होटलका संचालक केशर कुमार जिरेल ले वताएका छन् । त्यस्तै होटल जिरी भ्यूले पनि करिव ५० हजार वरावरको कारोवार गरेको संचालक टंक वहादुर जिरेलले वताएका छन् । महोत्सवकै अवसरमा होटल नमस्तेले करिव डेढ लाख वरावरको व्यापार गरेको छ । जिरीमा रहेका करिव एक दर्जनभन्दा वढि स्तरीय होटलहरुले राम्रै व्यापार गरेको संचालकहरुको प्रतिक्रिया रहेको छ । स्तरीय होटलहरुमात्र हैन सामान्य होटल तथा चिया खाजा पसलहरुले समेत उल्लेखनीय व्यापार गरेका छन जिरी महोत्सवमा । जिरी वसपार्क स्थित सोलुखुम्वु मःमः पसलका सन्चालक छिरिओङमु शेर्पाका अनुसार तिन दिनमा करिव १ लाख वरावरको मःमः, चाउमिन लागएतका खाजा विक्रीभएको वताएकी छिन् । खानाका परिकार मात्र हैन महोत्सवले अन्य दैनिक प्रयोजनका सामाग्री तथा खुद्रा सामाग्रीहरुको कारोवारमा समेत वृद्धि गरेको पसलेहरुले वताएका छन् ।
महोत्सवको प्रमुख आकर्षणको रुपमा रहेको क्याम्प फायर तथा टेन्ट क्याम्प मौषमको प्रतिकुलताका कारण सम्भव नभएपछि करिव ३ लाख रुपैयाँ वरावर आयोजकलाई घाटा भएको छ । २ सय जना सहभागीलाई रात्रीकालिन टेन्ट क्याम्पमा राख्ने योजना अनुरुप १०० ओटा टेन्ट, स्लीपिङ व्याग तथा अन्य बन्दोवस्तीका सामानहरु झिकाईएको थियो । टेन्ट क्याम्प सम्भव नहुँदा जिरीका होटलहरुलाई भने फाईदा पुगेको थियो ।

No comments:

Post a Comment