Monday, April 16, 2012

जिरीखोला साना जलविद्युत आयोजनाको लागत २५ प्रतिसतले वृद्धि


जिरीखोला साना जलविद्युत आयोजनाको लागत २५ प्रतिसतले वृद्धि

जिरी गाविसमा निमार्नाधिन २=४ मेघावाटको जिरीखोला साना जलविद्युत आयोजनाको लागतमा करिव २५ प्रतिसतले वृद्धि हुने भएको छ । करिव ३२ करोडको अनुमानित लागत रहेको यस आयोजनाको लागत अव साढे ४२ करोड रुपैयाँ पुगेको आयोजनाले वताएको छ । गत विहिवार आयोजनाको निर्माण गरिरहेको बोजिनी कम्पनी प्रा.लि.ले सम्पन्न गरेको सार्वजानिक सुनुवाईमा कम्पनीका प्रवन्ध निर्देशक यज्ञ प्रसाद सुवेदीले निर्माण सामाग्री तथा ढुवानी खर्चमा मुल्य वृद्धि भएको कारण आयोजनाको लागत वढ्न गएको जानकारी दिनुभयो । यसै वर्षको असार मसान्त सम्म विद्युत उत्पादन गरिसक्नु पर्ने नेपाल सरकार उर्जा मन्त्रालयसंग सम्झौता भएको भएतापनि कम्पनीले उक्त समयभित्र कार्यसम्पन्न गर्न नसक्ने निश्चित भएको छ । तोकिएको समयमा कार्यसम्पन्न नहुदाँ आयोजनाले थप व्यभार वेर्होनु पर्ने भएको छ । निर्माण कार्य ढिला भईरहेको प्रति जिरी सिक्री सरोकार समिति  तथा स्थानीय वासीले उठाएको जिज्ञासाको निकै चतुर र कुटनैतिक जवाफ दिएका सुवेदीले आगामी असार मसान्त भित्र सिभिलका सम्पूर्ण कार्य पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । आयोजनाको सम्पूर्ण काम यति नै समयमा पुरा हुन्छ भन्न नसकीने वताउदै उहाँले हाईडो मेकानिकल तथा ईलेक्टोमेकानिकलका सामान तथा जडानमा विदेशी सामाग्री तथा प्राविधिकहरु चाहिने भएकाले केहि समय अझै लाग्ने वताउनुभयो । आफुहरुले आयोजनाको लागत घटाउन हरसम्भव प्रयास गरिरहेको र सोहि अनुरुप आयोजनाको डिजाईनमा समेत केहि परिवर्तन गरिरहेकाले पनि आयोजना ढिलो हुन गएको वताउनुभयो । ठेकेदारहरुको वारम्वारको परिवर्तनले गर्दा आयोजना ढिलो भईरहेको हो भन्ने प्रश्नमा सुवेदीले ठेकेदारहरुले राम्रो काम नगरेको तथा प्रयाप्त मात्रामा कामदारहरु लगाउन नसकेकोले आयोजना ढिलो हुने डरले परिवर्तन गरिएको वताउनुभयो । स्थानीयवासी तथा सरोकार समितिलाई आयोजनाको काम कारवाहीको वारेमा थाहा नदिएको असन्तुष्टि पोखेका सरोकार समितिका अध्यक्ष केशव कुमार कार्कीको सवाललाई घुमाउरो पारामा जसले लगानी गर्छ उसलाई मात्र थाहा पाउने हक रहेको वताउनु भयो । पहिले लगानी गर्न अनि वोर्डमा समावेस भई आवाज उठाउन समेत उहाँले चुनौति दिनुभयो । विना लगानी अधिकार खोज्न नहुने समेत जिकिर गर्नुभयो । सार्वजानीक सुनुवाईमा प्रस्तुत कम्पनीको खर्च विवरण अनुसार ३२ करोड ४६ लाख रुपैयाँ आयोजनामा खर्च भईसकेको छ । जसमा बैंकको २ करोड ३२ लाख रुपैयाँ समेत समावेस गरिएको छ । जसमध्ये करिव सवा २० करोड बैंकले ऋण लगानी गरेको र पौने १२ करोड लगानीकर्ताहरुको रहेको जनाईएको छ । सम्झौताको सुरुमा बैंक ऋण र शेयर लगानी ७०ः३० प्रतिशतको अनुपातमा हुने भनिए पनि ज्योति विकास बैंकले कबोल वरावरको रकम उपलव्ध गराउन नमाने पछि लागानी आधा आधा अर्थात ५० ः ५० प्रतिशतमा झरेको छ ।
विद्युत उत्पादन पश्चात आयोजनाले वार्षिक ७ करोड ५७ लाख रुपैयाँ आम्दानी गर्ने जसमा वार्षिक ४ करोडका दरले लगातार ८ वर्षसम्म बैंकको किस्ता तिरीसक्ने योजना अनुरुप पहिलो ८ वर्षमा सम्पूर्ण खर्च कटाएर वार्षिक २ करोड ३० लाख (१० प्रतिशत मात्र आम्दानी रहने निर्देशक सुवेदीले वताउनुभयो । तथापी ऋण चुक्ता भईसकेपछी भने अन्य खर्च कटाएर वार्षिक ४० प्रतिसतले नाफा हुने उहाँले वताउनुभयो ।
स्थानीय सर्वसाधरणको शेयर सम्वन्धी जिज्ञासामा सुवेदीले स्थानीयले निर्माणकार्य भईरहेको बेला होस वा विजुली उत्पादन हुने वेला जुनसुकै बेला शेयर हाल्न सक्ने वताउनुभयो । सामाजिक क्षेत्र सुधारका कार्यक्रमका लागि कम्पनीले करिव २८ लाख रुपैयाँ छुटाएको जसमध्ये करिव १६ लाख वरावरको काम गरिसकेको दावि कम्पनीको छ । तथापी आयोजनाको लागत वढिरहेको अवस्थामा अहिलेको लागतको अनुपातमा १ प्रतिशत बरावर ४२ लाख पुग्न जाने हुनाले सोही रकम वरावरको सामाजिक क्षेत्र सुधारमा आयोजनाले काम गर्नुपर्ने देखिन्छ ।  

No comments:

Post a Comment